काठमाडौँ। राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले भूमि सम्बन्धी विधेयक भू-माफियालाई जमिन सुम्पिने गरी आएको आरोप लगाएका छन् ।
राष्ट्रिय सभामा मंगलबार विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सबै विधेयक भूमिहीन, दलित, सुकुम्वासी, अव्यवस्थित बसोवासीकै नाममा रंगिएको बताए ।
दलित अधिकार र विकासका विधेयकहरू नआउने तर जग्गाको चोक्टो देखाउने बहाना सरकारले गरिरहेको उनले बताइन् ।
‘दलित अधिकार र विकासका विधेयकहरू आउँदैनन् । ऐनहरू बन्दैनन् । अहिलेसम्म सरकारले ऐन ल्याउँदैन,’ उनले भने, ‘तर जग्गाको चोक्टो देखाउने बहाना गरिरहेको छ । प्रत्येक किसानलाई भूमिमा पहुँच पुर्याउने भनेको तर किसानलाई होइन, भू-माफियालाई जमिन सुम्पिँदै छ ।’
सांसद विश्वकर्माले २०६६ माघ २८ अघि मात्रैलाई सरकारले किन जोड दिइएको छ भन्नेबारेमा अध्ययन गर्न जरुरी रहेको बताए ।







