काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
बुधबार नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेकोमा बिहीबार अदालतमा हाजिर गराएको जिल्ला अदालत काठमाडौँले ४ दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको ब्युरोले जनाएको छ ।
साइबर क्राइम गरेको आरोपमा पक्राउ परेका पाँडे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वकेन्द्रीय सदस्य समेत हुन् ।







