२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छ’-सभामुख घिमिरे

अ+ अ-

ललितपुर । संघीय संसद् प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित रहेर भाषा, कला, संस्कृति र सभ्यतालाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन-२ को ग्राण्ड फिनालेलाई सम्बोधन गदै सभामुख घिमिरेले नेपालीलाई विश्वव्यापी रूपमा चिनाउन यस्ता बृहत् प्रतियोगिता महत्त्वपूर्ण हुने भएकाले यसलाई ध्यान दिएर एकताबद्ध रूपमा लाग्नुपर्ने बताए ।

“विश्वव्यापी रूपमा चिनाउन लागेको जनशक्तिले छरिएर रहेका प्रतिभालाई उजागर गर्न लागिपरेको छ, यस्ता कार्यक्रममा हुने नयाँ प्रतिभाको विकासले उत्साहित बनाएको छ, यसबाट प्रेरणा लिँदै आगामी सिजन भव्य हुन सकोस्”, सभामुख घिमिरेले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन–२ ले मेचीदेखि महाकाली मात्रै सीमित नरहेर हाम्रो कला र सम्पदाको सृजनशीलतालाई विश्वभर प्रचारप्रसार गरेको बताए । संस्कृति जगेर्नामा सरकार सदैव तत्पर रहेको बताउँदै उनले विश्वभरि फैलिएर रहेका नेपालीलाई एकताबद्ध गराउँदै नेपाली संस्कृति र सभ्यतासँग जोड्न यो प्रयास सराहनीय रहेको धारणा राखे ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेपाली भाषीको महोत्सव हो भन्दै मित्रराष्ट्रलगायत विभिन्न देशबाट आएका नेपाली भाषीको सहभागिताले प्रतियोगिता संसारभरका नेपाली संस्कृति झल्काउने माध्यम बनेको बताए।

भुटानका पूर्वमन्त्री लोकनाथ शर्माले यो मञ्च निर्माणले धेरै सम्भावना सृजना गरेको उल्लेख गर्दै फाइलनसम्मा भाग लिने सबैलाई शुभकामना दिए। इन्ट्रा फाउन्डेसनका संस्थापक डिल्ली अधिकारीले हाम्रो कला र संस्कृति भावी पुस्तालाई हस्तान्तरण गर्न सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए ।

ग्राण्ड फिनालेमा गृहमन्त्री रमेश लेखक, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, ललितपुर जिल्ला प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीलगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।