काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले कानुन चोरी हुने संसद्मा किन आइएछ भनेर आत्मग्लानि हुने गरेको टिप्पणी गरेका छन्।
काठमाडौँमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू आन्तरिक कालदेखि निरन्तर संसदमा रहेको र पछिल्लो समय किन संसद्मा आइएछ भनेर आत्मग्लानि हुने गरेको बताए।
‘संविधानमा उपलब्ध प्रगति त गर्यौँ तर पण्डितको पुस्तकको माछा र खोलाको माछा भन्ने आउँछ, संविधानको उपभोग बनाउन जनताले पाउनुपर्छ,’ शर्माले भने, ‘म त अन्तरिम कालदेखि संसद्मा निरन्तर छु। पछिल्लो समय आउँदा त कानुन त चोरी हुने संसद्मा के बेकार आइएछ जस्तो लाग्छ आजभोलि अलि दिक्क लागेर होला। अलि पुरानो भएर पनि होला।’







