२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीको नीतिविरुद्ध जानेलाई अब छुट दिन नसकिने भन्दै सर्कुलर अनुसार चल्न ‘प्रचण्ड’को निर्देशन

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकको सर्कुलरअनुसार अघि बढ्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समितिको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीमा गुटबन्दी र स्वार्थ समूहलाई अब छुट दिन नसकिने चेतावनी दिए।

उनले पार्टीका उपमहासचिव जनार्दन शर्मालाई लक्षित गर्दै भने, ‘पार्टीको नीति, नियम र अनुशासनका विरुद्ध जानेलाई कडा कारबाही गरिनेछ। स्थायी समितिको बैठकमा अन्तिमसम्म एकता सुदृढ गर्ने प्रयास भयो। पार्टीको नीतिका विरुद्धमा जाने छुट कसैलाई छैन।’

पार्टीको स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति दिएको भन्दै आत्मसमीक्षा गर्न निर्देशन दिएको थियो। अध्यक्ष ‘प्रचण्ड’ नै पटक पटक भन्दा पनि आत्मसमीक्षा गर्नु भन्दा पनि नगरेको भन्दै सर्कुलर समेत पठाइएको थियो।

उनले प्रशिक्षक कार्यक्रमलाई सम्बोधन गर्दै अब आसन्न केन्द्रीय समिति बैठकपछि गाउँ गाउँमा संगठन निर्माण र विस्तारका लागि नेतालाई जिम्मा दिएर पठाउने तयारी भइरहेको समेत बताए।

उनले हिजोका उपलब्धिलाई उल्टाउने प्रयास हुनसक्ने भन्दै त्यसका विरुद्ध लड्नका लागि नेता कार्यकर्ता उच्च मनोबल, वैचारिक स्पष्टताका साथ एकजुट हुन समेत निर्देशन दिए।

उनले भने, ‘सम्भव भएसम्म समाजवादीहरूको एकता होस् भन्ने चाहना छ। समाजवादी जतिको एउटै केन्द्र बनाएर विशाल शक्ति बनाउँदै आगामी निर्वाचनमा केन्द्रित हुनुपर्ने आवश्यकता छ। समाजवादी क्रान्तिको रणनीतिलाई नेपाली मौलिकता र नेपाली नेतृत्वमा नयाँ ढंगले अघि बढाउने उद्देश्य छ।’

समाजवादी राज्य व्यवस्थामा मात्र मजदुर वर्गको वास्तविक समस्या समाधान हुने समेत बताए। सहमति र सम्झौताबाट अहिलेको व्यवस्था आएकाले मजदुरहरूले आफ्ना सबै अधिकार प्राप्त गरी नसकेको बताए।

उनले थपे, ‘मजदुर तथा सम्पूर्ण उत्पीडित वर्गका साथै समुदायको वास्तविक समस्या समाधान समाजवादमा मात्र सम्भव छ। समाजवादी क्रान्तिका लागि अबको तयारी गर्नुपर्दछ। समाजवादीबीचमा एकता गरी आगामी निर्वाचनमा एकजुट भएर समाजवादी क्रान्तिको रणनीतिलाई अगाडि बढाउनुपर्नेमा केन्द्रित हुनुपर्छ।’