२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्या भण्डारीको दाबी : ‘म राजनीतिमा आबद्ध हुँदा एमाले जन्मिएकै थिएन’

अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सहभागी भएको बताएकी छिन् ।

बिहीबार काठमाडौँको थापाथलीमा सम्पर्क कार्यालय उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

‘मैले सबै कुरा नजिकबाट हेरिरहेको छु । म पनि राजनीतिक दलसँग आबद्ध भएर, हामी सुरु हुँदा नेकपा एमाले भन्ने जन्मिसकेको थिएन,’ भण्डारीले भनिन्, ‘म भोजपुरमा जन्मिएको मान्छे, धनकुटामा रातो झण्डा ग्रुप भन्ने थियो । हामी त्यसको सम्पर्कमा थियौँ । बिस्तारै कोअर्डिनेशन केन्द्र जन्मियो । त्यो हुँदै माले भयो । माले स्थापनाको पहिलो सन्देश छर्ने काम हामीले भोजपुरमा गरेका थियौँ ।’

उनले अहिले एमालेले के न हो भन्ने परिरहेको भन्दै ब्राण्डजस्तै बनाउन खोजिएको पनि बताइन् । माले र मार्क्सवादीको बीचमा एकता भएको हुनाले एकीकृत मार्क्सवादी लेनिनवादी (एमाले)भएको भण्डारीको भनाइ छ ।

‘एमाले भनेको एकदमै के हो भन्ने परिरहेको होला । एकीकृत मार्क्सवादी, लेनिनवादी हो । कम्युनिस्ट पार्टीले आफ्नो अगाडि एउटा उपमा झुन्ड्यायो । हामी मार्क्सवाद, लेनिनवाद मान्छौँ भनेका हौँ,’ भण्डारीले भनिन्, ‘मार्क्सवादी भन्ने छुट्टै पार्टी थियो, माले भन्ने छुट्टै थियो । माले र मार्क्सवादीको बीचमा एकता भएको हुनाले एकीकृत मार्क्सवादी लेनिनवादी भएको हो ।’

उनले अघि थप भनिन्, ‘अहिले एमाले भनेको एउटा ब्रान्डजस्तो भएको छ । खासमा नेकपा हो । नेपाल कम्युनिस्ट पार्टी ।’