२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ईश्वर पोखरेलको प्रष्टीकरण : ‘मदन भण्डारीको जन्मजयन्ती व्यवस्थित बनाउन कार्यालय खोलिएको हो’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मनाउने क्रममा कामलाई व्यवस्थित बनाउन सम्पर्क कार्यालय खोलेको बताएका छन् ।

काठमाडौँको थापागाउँमा कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मनाउने सिलसिलामा मदन भण्डारी फाउन्डेशनद्वारा गठन गरिएको आयोजक समितिले आफ्नो कामलाई व्यवस्थित गर्नका लागि कार्यालय स्थापना गरेको हो । यो त्यही कार्यालय हो,’ पोखरेलले भने ।

आयोजक समितिले मदन भण्डारीको विचार र भूमिका विश्वमञ्चमा पुर्‍याउने उद्देश्य राखेर कार्यालय स्थापना भएको पोखरेलको भनाइ थियो ।

‘के प्रतिबद्धता व्यक्त गरेको छ भने, आउने दिनमा जननेता मदन भण्डारीका विचार, उहाँको ऐतिहासिक भूमिका विश्व रंगमञ्चमा पुर्‍याउने उद्देश्य राखेर यो कार्यालय स्थापना गरेको मैले बुझेको छ । यो अनुसार यो कार्यालयले सफलता प्राप्त गरोस्,’ पोखरेलले भने ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले विचारको प्रखरताको झन्डा बोकेर अघि बढ्ने बेलामा मदन भण्डारी फाउन्डेशनले भूमिका खेलेको उनले बताए ।

‘म सम्झन्छु, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जुन बेला वास्तवमा विचारको प्रखरताको झण्डा बोकेर अघि बढ्नुभएको थियो,’ पोखरेलले सम्झिए, ‘त्यसबेलादेखि नै मदन भण्डारी फाउन्डेशन जोडिँदै आयो । उहाँको सामिप्यता पाएर फाउन्डेशनले महत्त्वपूर्ण भूमिका खेल्दै आयो ।’