२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा पनि समाजवाद उन्मुख हुनुपर्नेमा जोड

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले देश र संविधान जस्तै शिक्षा पनि समाजवाद उन्मुख हुनुपर्ने बताएका छन् ।

बिहीबार सिंहदरवारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले भने, ‘देश र संविधान समाजवाद उन्मुख हुनुपर्छ । शिक्षा पनि समाजवाद उन्मुखतिर जानुपर्ने हो ।’

‘पुँजीवादी तिर, निजीतिर गएको देखिन्छ, पूर्ण छात्रवृत्ति, गरिब जेहन्दार, अति पिछडिएकाहरूलाई जुन व्यवस्था गरिएको छ, यो गैरमुनाफा नै रहोस्’ उनले भने, ‘यो क्रमशः गुठीमा जाने कुरा छ, यो यथावत् रहोस् ।’

सांसद यादवले थपे, ‘समतामूलक समाज बनाउने कानुन बनाउँदा अहिले पनि पुरानै मानसिकताले बन्यो भने यसले समाजमा सन्तुलित हुँदैन ।’

सांसद यादवले शिक्षालाई राजनीतिबाट सधैँ मुक्त गर्ने गरी अघि बढ्न जरुरी रहेको बताए ।

उनले भूगोल मात्रै नहेरेर त्यसभित्रका सबै पक्षलाई ध्यान दिनुपर्ने बताए । ‘भूगोल मात्रै हेर्ने कि सबैलाई हेर्ने हो । मानव सूचकांकमा पछि पारिएका क्षेत्रलाई हेर्नुपर्छ,’ उनले भने ।

सांसद यादवले शिक्षाको गुणस्तर वृद्धि हुने गरी विधेयक अघि बढाइनुपर्ने बताए ।

‘बोर्डको गठन हुने, प्रदेशमा सबै जाने, प्रदेशले एसइई गर्ने, तर बोर्डको नियुक्ति नेपाल सरकारले किन गर्छ ?,’ उनले प्रश्न गरे ।

शिक्षामा अनावश्यक राजनीतिक भएको उल्लेख गर्दै उनले भने, ‘शिक्षा क्षेत्रलाई सधैँ राजनीति मुक्त गरौँ । शिक्षामा राजनीतीकरण भएको छ, यो अलग होस् ।’