२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समुदायले मातृभाषा जोगाउने अभियान सुरु गर्नुपर्नेमा मन्त्री गुरुङको जोड

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गुरुङ समुदायको मातृभाषा लोप हुँदै गएको बताउँदै यसको संरक्षणको अभियान घरबाटै सुरु गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानले आज तमू कए नामक गुरुङ भाषाको पत्रिका लोकार्पण गर्ने कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले बसाइसराइका कारण जनजाति समुदायमा पनि गुरुङ समुदायको भाषा र संस्कृति लोप हुने खतरा बढ्दै गएको बताएका हुन् ।

‘कुनै पनि समुदायको अस्तित्व र संस्कृतिमा मातृभाषाको ठूलो भूमिका हुन्छ । तर गुरुङ समुदायको मातृभाषा नै लोप हुने खतरा बढेको छ । यसको संरक्षणमा चनाखो हुनै पर्ने स्थिति आएको छ, ’मन्त्री गुरुङले भने ।

“गाउँ गाउँबाट र घरघरबाट भाषा संरक्षणको अभियान सुरु गर्न जरुरी छ । कुनै पनि भाषाको संरक्षण घरबाटै सुरु हुन्छ”, उनले भने,“तमू भाषा संस्कृति जोगाउने अभियान सुरु गरिहाल्नु पर्छ । नत्र भने हाम्रो पुर्खाले आर्जेको कला, संस्कृति र भाषा लोप हुँदै जान्छ ।”

प्रतिष्ठानले तमू भाषाको पत्रिका पहिलो पटक प्रकाशन गरेकोमा मन्त्री गुरुङ सकारात्मक देखिए पनि मुख्य भाषालाई जीवन्त राख्ने आधार परिवार र समुदाय नै हुनुपर्नेमा जोड दिनुभयो । उनले भने, “प्रतिष्ठानले पत्रिका निकाल्नु इतिहास हो । तर,वास्तविक भाषा संरक्षण घरबाटै सुरु हुनुपर्छ ।”

उनका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था ल्याउनुको मूल कारण पनि समाजमा समतामूलक समाज र समावेशी चरित्रको अभ्यास गर्नु हो । संघीय शासन प्रणालीमा सबैको स्वामीत्व महसुस गराउने उद्देश्यले आरक्षण, समावेशी नीति ल्याएको भए पनि गुरुङ समुदायले यो अवसरलाई भरपुर प्रयोग गर्न चुकेको गुनासो मन्त्री गुरुङले गरे । उनले संविधानले दिएका समावेशीका अवसरहरूलाई प्रयोग गरेर राज्यको मूलधारमा पुग्न गुरुङ समुदायले जोड गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा आदिवासी जनजाति उत्थान प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले प्रतिष्ठानमार्फत जनजातिको भाषा,संस्कृति, कला र जीवनशैलीको दस्तावेजीकरण गर्ने कार्य हुँदै आएको बताए । साथै जनजातिलाई निजामती सेवामा पहुँच वृद्धि गर्न नि:शुल्क लोकसेवा तालिम सञ्चालन गरेको र त्यसमा गुरुङ समुदायको अत्यन्त न्यून उपस्थिति रहेको यथार्थ पनि उल्लेख गरे । उनले भने, “अरु समुदाय जस्तो गुरुङ समुदायको निजामती सेवामा न्यून उपस्थिति छ । जुन दुःखद छ ।”

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानप्रति सबै समुदायको साझा अनुभूति गराउन मातृभाषाका पत्रिका प्रकाशन गर्न जरुरी रहेको बताए । यो अभियानलाई प्रतिष्ठानले ढिलै भए पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिष्ठानका मातृभाषा विभाग प्रमुख राजन मुकारुङले नेपालमा भएका विभिन्न मातृभाषामध्ये जम्मा चार भाषाका मातृभाषा पत्रिका अहिलेसम्म प्रकाशन भएको बताए ।