काठमाडौँ । प्रतिनिधि सभामा आज पनि गणपूरक संख्याको प्रश्न उठेको छ ।
सभामुख देवराज घिमिरेले ‘बालबालिका सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्न लाग्दा गणपूरक संख्याको प्रश्न उठेको हो ।
माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले यस्तो प्रश्न गरेकी हुन् । त्यसपछि घण्टी बजाएर गणपूरक संख्या यकिन गरिँदै छ ।







