२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसभामुख इन्दिरा रानाबारे उठेको प्रश्न निरूपण गर्नुपर्ने सत्ता गठबन्धन बैठकको निष्कर्ष

अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनको बैठकले उपसभामुख इन्दिरा राना मगरबारे उठेको प्रश्न निरूपण गर्नुपर्ने निष्कर्ष निकालेको छ।

उपसभामुखलाई हटाउनको लागि काँग्रेस एमालेले हस्ताक्षर संंकलन गर्दैगर्दा बसेको गठबन्धनको बैठकले प्रश्न उठेपछि यो विषयलाई निष्कर्षमा पुर्‍याउनु पर्नेबारे छलफल भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए।

उनले भने, ‘उहाँ अहिले संसद्को मामिला मार्फत विदेश जानुभएको छ वा निजी भ्रमणमा जानुभएको छ हाम्रो जानकारीमा भएन। उहाँको बारेमा प्रश्न उठेको छ। यसको निरूपण हुनुपर्छ कुन विधिबाट जाने भन्ने कुरा उपयुक्त समयमा उपयुक्त निर्णय गर्नुपर्ने बहस सिर्जना भएको छ।, हामी समय हेरेर गर्छौँ।’

उनले अहिले नै उपसभामुखविरुद्ध तत्कालै प्रस्ताव दर्ता गर्ने निर्णयमा नपुगेको बताए। उनले थपे, ‘भिजिट भिसा प्रकरणमा संसद् बहिस्कारको भइरहेको सबैले देखिराख्नुभएको छ। निरन्तर सांसदमा यो विषय उठ्छ भने संसदभित्र रहेको उपसभामुख जोडिएको विषय के हुन्छ ? भनेर हुने बहसलाई अन्यथा लिनु हुँदैन। यो बहसलाई बिट मार्नुपर्छ। सधैँभरी गरिराख्नु हुँदैन। तर हामी अहिले छलफलमा छौँ। उहाँविरुद्ध कुनै प्रस्ताव दर्ता गर्ने निष्कर्षमा पुगिसकेका छैनौँ।’

काँग्रेस एमालेले हस्ताक्षर संकलन गर्दै दुई तिहाइ पुर्‍याउनको लागि साना दलहरूसँग पनि निरन्तर संवाद गरिरहेका छन्। उपसभामुख देश बाहिर हुँदा हटाउँदा नराम्रो सन्देश जाने भएकाले अब अमेरिकाबाट फर्केपछि मात्रै प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ।