२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जन्म दर्ता नभएका विद्यार्थीलाई एसइई फाराम भर्न दिनुपर्ने माग

अ+ अ-

काठमाडौँ । जन्म दर्ता नभएका विद्यार्थीलाई पनि माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा फाराम भर्न पाउने व्यवस्था गर्न सांसद मदनकुमारी साहले सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

राष्ट्रिय सभा सदस्य साहले बुवा आमाको पहिचान नभएका करिब २५ हजार विद्यार्थीको जन्म दर्ताको प्रमाणपत्र नभएका कारण एसइईको फाराम भर्न नपाएको सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

शून्य समयमा बोल्दै सांसद नरबहादुर विष्टले मेलम्ची खानेपानी आयोजनाका बाबजुद काठमाडौँमा खानेपानीको अभाव सम्बोधन हुन नसकेकोतर्फ ध्यानाकर्षण गराए ।

“असार, साउन र भदौ महिना मूल फुट्ने समय हो तर काठमाडौँ खानेपानी आयोजना र सङ्घीय सरकारको मिलेमतोमा पानी बन्द गरिने रहेछ”, सांसद विष्टले भने, “काठमाडौँ बासी शुल्क तिरेर खानेपानी किन्न बाध्य छन ।”

सांसद नारायणदत्त मिश्रले रासायनिक मललाई खुल्ला बजारमा ल्याउनुपर्नेमा जोड दिँदै मल वितरणमा अनियमितता भइरहेकोतर्फसमेत ध्यानाकर्षण गराए ।

सांसद भुवनबहादुर सुनारले गत साउन २७ गते आएको बाढीले बाजुरा जिल्लाको विच्छयामा पुगेको क्षति र पछिल्लो अवस्थाबारे सदनलाई जानकारी गराउन सभाध्यक्षमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराए ।

शून्य समयमा बोल्दै सांसद युवराज शर्माले गरिबीको रेखामुनि रहेका नागरिकलाई रासन कार्ड उपलब्ध गराई सस्तो मूल्यमा खाद्यान्न उपलब्ध गराउनुपर्ने सुझाव प्रस्तुत गरे ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब र कूटनीतिक पहलका लागि माग गरिन् । अन्तर्राष्ट्रिय दबाबका लागि इजरायल पुगेका विपिनका आमा र बहिनीलाई आवश्यक सहयोग र समर्थनका लागि समेत आग्रह गरिन् ।

सांसद सुरेशकुमार आले मगरले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउने चर्चाबारे धारणा राख्दै यस्तो दुष्प्रयास गर्न नहुने बताए ।