२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जोखिम घटाउन स्थानीय निकायको अगुवाई हुने गरी कार्य अघि बढाएका छौँ’: गृहमन्त्री लेखक

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जोखिम घटाउन स्थानीय निकायको अगुवाई हुने गरी कार्य अघि बढाइएको बताएका छन् ।

विश्व मानवता दिवस–२०२५ का अवसरमा काठमाडौँमा आजदेखि सुरु भएको ‘नेपाल मानवीयता सम्मेलन’को उद्घाटन गर्दै गृहमन्त्री लेखकले नेपाल भौगोलिक अवस्थाकै कारण विपद्को उच्च जोखिममा रहेको जानकारी दिँदै त्यसको व्यवस्थापनमा सरकारले उच्च प्राथमिकता दिएको बताए । कानुन र नीति निर्माण गरेर साझेदारीमा आपत्कालीन अवस्थाको तयारीमा सरकार रहेको उनको भनाइ थियो ।

गृहमन्त्री लेखकले भने, “स्थानीय नेतृत्वलाई सक्षम बनाउने र समान साझेदारीलाई सुदृढ गराउनु अहिलेको आवश्यकता हो, मानवतावादी प्रणालीलाई सक्षम बनाउँदै क्षेत्रीय एकतालाई सुदृढ बनाउनुपर्छ ।”

विपद् व्यवस्थापनमा दिगो वित्तीय क्षमता विकास गर्न जरुरी रहेको उल्लेख गर्दै उनले क्षेत्रीय र अन्तर्राष्ट्रिय अभ्यासलाई उपयोग गर्न जरुरी रहेको बताए। विपद्का घटनामा बढोत्तरी भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै गृहमन्त्री लेखकले श्रोत साधनको अभाव रहेको सन्दर्भमा विश्वमै विपद् व्यवस्थापनका लागि रूपान्तरण जरुरी रहेको बताए। आपत्कालीन तयारीमा तीनै तहको लगानी बढ्दै गएको जानकारी गराउँदै गृहमन्त्री लेखकले सबै किसिमका विपदबाट घरबारविहीन नागरिकको अस्थायी र स्थायी आवासका लागि रु. पाँच लाख ५० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था गरिएको बताए।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम घटाउन तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्टले विपद् व्यवस्थापनमा स्थानीय समुदायलाई सक्षम बनाउन जरुरी रहेको बताए। उनले विपद् ८१ प्रतिशत मासिनको उद्धार स्थानीय निकायले गरेको र १८ प्रतिशत सुरक्षा निकायले गरेको पाइएको विवरण जानकारी गराउँदै यसले पनि स्थानीय समुदायलाई जति बलियो बनाउन सकिन्छ, त्यति नै उद्धार प्रभावकारी हुने बताए ।

विपदमा उत्कृष्ट मानवीय कार्य गर्नेलाई सम्मान तथा पुरस्कृतको थालनी गरिएको र अब भने मापदण्ड नै बनाएर अघि बढ्न लागिएको प्रमुख कार्यकारी अधिकृत भट्टले बताए। उनले कुनै घटना हुँदा उद्धार गर्नेभन्दा रिल बनाउनेतर्फ मानिसहरू देखिएकाले मानवीयता हराउँदै गएको महसुस भएको उल्लेख गर्दै मानवीयता जगाउन जरुरी रहेको बताए।

सम्मेलनमा एनसेटका अध्यक्ष डा. आमोदमणि दीक्षित, एनसेटका कार्यकारी निर्देशक तथा सम्मेलनका संयोजक सूर्यनारायण श्रेष्ठ, डिपी नेटका अध्यक्ष राजु थापा, संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक तथा मानवीय संयोजक हाना सिंगरलगायतले मानवीयता प्रवर्द्धनका लागि आवश्यक सहकार्यमा जोड दिएका थिए ।

सम्मेलनमा नेपाल, म्यान्मार, बंगलादेश र पाकिस्तानका मानवीय सहयोगको उत्कृष्ट कथा प्रस्तुत गरिँदै छ । यस्तै कार्यक्रममा नेपाल, इन्डोनेसिया, फिलिपिन्सलगायत देशका प्रतिनिधिमार्फत मानवीय उद्धार, सहयोग तथा स्थानीय समुदायको अगुवाईमा विपद् व्यवस्थापनका विषयमा प्रस्तुतीकरण समेत रहेको आयोजक प्रतिनिधि तथा एनसेटका स्टक्चरल इन्जिनियर रविन चौलागाईँले जानकारी दिए ।

नेपालमा विगत तीन वर्षदेखि विश्व मानवता दिवस मनाउन थालिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा सुरु भएको उक्त सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका विभिन्न १५ देशका साथै अष्ट्रेलिया तथा अमेरिकाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।