२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन पैठारी प्रकरणमा दुई अभियुक्तविरुद्ध साढे दुई करोड बढीको मुद्धा दायर

अ+ अ-

भैरहवा । राजस्व अनुसन्धान विभागले भन्सार चुहावटको मुद्दामा दुई जनाविरुद्ध रुपन्देही जिल्ला अदालत, सिद्धार्थनगर भैरहवामा अभियोग पत्र दायर गरेको छ।

विभागको बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयमार्फत सम्पन्न अनुसन्धानपछि भारतको पन्जाब, अमृतसर निवासी कुलदिप सिंह र रुपन्देही, तिलोत्तमा–१६, कोटीहवा निवासी रामबहादुर बि.क.लाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम कारबाहीका लागि अदालतमा मुद्धा दायर गरिएको हो ।

अनुसन्धानले प्रतिवादीहरूले सुनका गरगहनाहरू भन्सार प्रक्रियाबाट बचाई चोरी पैठारी गरी कारोबार गरेको पुष्टि गरेको छ। सो क्रममा खरिद स्रोत, बिलबिजक, भन्सार प्रज्ञापन पत्रलगायत आवश्यक प्रमाण नदिई भन्सार महसुल तथा कारोबार लुकाई राजस्व चुहावट गरेको पाइएपछि जिल्ला सरकारी वकिल कार्यालय, सिद्धार्थनगरको रायअनुसार उनीहरूविरुद्ध मुद्दा दायर गरिएको बुटवल कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले जनाएका छन् ।

मुख्य अभियुक्त कुलदिप सिंहले गरेको भन्सार चोरी पैठारीका कारण रु. १ करोड ५ लाख ८ हजार ४ सय ११ रुपैयाँ ३० पैसा बिगो कायम गरिएको छ। सो रकम बराबरको सुनका गरगहना जफत गर्ने मागसहित बिगो बराबरको जरिवाना र हदैसम्मको कैद सजाय माग दाबी गरिएको विभागले जनाएको छ।

त्यस्तै, सह–अभियुक्त रामबहादुर बि.क.लाई मुख्य अभियुक्तलाई हुने सजायको आधा अर्थात् रु. ५२ लाख ५४ हजार २ सय ६ रुपैयाँ बिगो कायम गरी जरिवाना तथा कैद सजायको माग गरिएको छ। यसरी दुवै अभियुक्तविरुद्ध जम्मा रु.२ करोड ६२ लाख ७१ हजार २९ रुपैयाँ जरिवाना/सजाय माग गरिएको विभागकी उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जनाएकी छिन् ।