२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय प्रधानमन्त्री मोदीलाई रुसी राष्ट्रपति पुटिनको फोन

अ+ अ-

काठमाडौँ । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेका छन्। 

उनले गत हप्ता अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको आफ्नो भेटवार्ताको बारेमा जानकारी गराउँदै भारतले दिएको साथ र समर्थनका लागि धन्यवाद दिएका थिए।

फोनवार्तामा प्रधानमन्त्री मोदीले युक्रेन युद्धको शान्तिपूर्ण समाधान वार्ताको माध्यमबाट खोज्नुपर्ने कुरामा जोड दिएका थिए। मोदीले शान्तिका लागि हुने सबैखाले प्रयासहरुमा भारतको समर्थन रहने बताए।

प्रधानमन्त्री मोदीले अलास्कामा राष्ट्रपति ट्रम्पसँग भएको भेटवार्ताको जानकारी गराएकोमा राष्ट्रपति पुटिनलाई धन्यवाद दिएका थिए। दुवै नेताले भारत र रसियाबीचको रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल गरेका थिए।

रूसी राष्ट्रपति पुतिनसँगको भेटबारे बोल्दै डोनाल्ड ट्रम्पले बैठक धेरै राम्रो र सकरात्मक रहेको बताएका थिए। ट्रम्पले धेरै विषयमा सहमति भएको तर कुनै सम्झौता नभएको बताएका थिए। कुनै सम्झौता भयो भने त्यो अन्तिम मात्र हुने उनले बताएका थिए।

ट्रम्पले यस बैठकलाई १० मध्ये १० अंक दिएका छन्। उता पुतिनले भने रूसको सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता भएको बताए। उनले अर्को बैठक मस्कोमा गर्न प्रस्ताव गरेका थिए। आफ्ना भनाइहरू राखेपछि दुवै नेता तुरुन्तै मञ्चबाट बाहिरिएका थिए।

त्यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले १२ अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर लामो छलफल गरेका थिए। उनले सामाजिक सञ्जाल एक्समा जानकारी दिँदै द्विपक्षीय सहयोग र विश्व कूटनीतिसम्बन्धी विषयमा विस्तारमा कुरा गर्दै रसियालाई दबाब दिन आग्रह गरेका थिए।

जेलेन्स्कीले मोदीलाई रसियाको आक्रमणले युक्रेनमा भइरहेको क्षतिका बारेमा जानकारी दिएका थिए। ‘मैले प्रधानमन्त्री मोदीलाई हाम्रो देशमाथि भएका रूसी आक्रमणबारे बताएँ, विशेषगरी जापोरिझियास्थित बस स्टेशनमा भएको आक्रमणबारे, जहाँ रूसले जानाजानी सहरमा बमबारी गरेर दर्जनौंलाई घाइते बनाएको छ,’ जेलेन्स्कीले भनेका थिए।

उनले भारत शान्ति प्रयासको समर्थन गर्दै आएको भन्दै युक्रेनसम्बन्धी हरेक निर्णय युक्रेनको सहभागितामै हुनुपर्छ भन्ने कुरामा मोदी सहमत रहेको बताएका थिए।

रूसी समाचार संस्था तासका अनुसार भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालले पुटिन यस वर्षको अन्त्यतिर भारत आउने निश्चित भएको बताएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले भारत–रूस सम्बन्धबारे गरेका टिप्पणीका कारण यो यात्रा अझ महत्वपूर्ण मानिएको छ। ट्रम्पले भारतले रूसबाट तेल किनिरहेको भन्दै पहिला २५ प्रतिशत अनि पछि ५० प्रतिशतसम्म ट्यारिफ लगाएका थिए।

प्रधानमन्त्री मोदी सन् २०२४ मा दुई पटक रूस पुगेका थिए। उनी अक्टोबर २२ मा ब्रिक्स सम्मेलनका लागि रूस गएका थिए। त्यसअघि जुलाईमा पनि दुई दिनका लागि रूस पुगेका थिए। त्यतिबेला उनले राष्ट्रपति पुटिनलाई भारत भ्रमणको निम्तो दिएका थिए।

भारत, चीनपछि रूसी तेलको सबैभन्दा ठूलो खरीदकर्ता बनेको छ। युक्रेन युद्धअघि भारतले रूसबाट जम्मा ०.२ प्रतिशत (६८ हजार ब्यारेल प्रतिदिन) मात्र तेल आयात गर्थ्यो। तर, मे २०२३ सम्म पुग्दा यो बढेर ४५ प्रतिशत ९२० लाख ब्यारेल प्रतिदिन० पुग्यो। सन् २०२५ को जनवरीदेखि जुलाईसम्म भारतले प्रतिदिन १७।८ लाख ब्यारेल तेल रूसबाट खरिद गरिरहेको छ।

पछिल्ला दुई वर्षदेखि भारतले हरेक वर्ष १३० अर्ब अमेरिकी डलर (११.३३ लाख करोड रुपैयाँ) भन्दा बढीको रूसी तेल खरिद गरिरहेको छ।