२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र सचिव राई र भारतका विदेश सचिव मिस्रीबीच द्विपक्षीय भेटवार्ता

अ+ अ-

काठमाडौँ । परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका विदेश सचिव विक्रम मिस्रीबीच द्विपक्षीय भेटवार्ता भएको छ । 

उनीहरुबीच द्विपक्षीय ‘कनेक्टिभिटी’, व्यापार र विकास सहयोगलगायत विस्तृत मुद्दामा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

यसअघि विदेश सचिव मिस्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए । 

साथै विदेश सचिव मिस्रीले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत शिष्टाचार भेटवार्ता गरेका थिए ।

नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका विदेश सचिव मिस्री सोमबार काठमाडौँबाट प्रस्थान गर्नेछन् । विदेश सचिव मिस्री परराष्ट्र सचिव राईको निमन्त्रणमा नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा यहाँ आइएका हुन् ।