२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालले भने : ‘समाजवाद उन्मुख अर्थतन्त्रको विकासले सामाजिक विभेदको अन्त्य गर्छ’

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य गर्नुपर्ने बताएका छन् ।

पार्टी निकट अखिल नेपाल महिला संघद्वारा आज यहाँ आयोजित प्रशिक्षण तथा तीज विशेष कार्यक्रममा उनले समाजमा सबै प्रकारका विभेदको अन्त्य गरी समानता, न्याय, मानव अधिकार, समानुपातिक, समावेशी प्रतिनिधित्वका माध्यमबाट समाजवादउन्मुख अर्थतन्त्र विकास गर्न सकिने बताए। 

अध्यक्ष नेपालले संविधानले मार्गदर्शन गरेको न्याय र समानतामा आधारित हालको प्रणालीले महिला वर्गको राजनीतिक तथा प्रशासनिक प्रतिनिधित्व बढिरहेको तथा शिक्षा, स्वास्थ्य, उद्यमशीलताले सम्पत्तिमाथिको स्वामित्वमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गरे ।

उनले महिला हिंसा न्यूनीकरण गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा विभिन्न प्रयास भएको र सामाजिक सशक्तीकरणको पर्वका रूपमा तीजलाई सद्भावका रूपमा मनाउनुपर्ने बताए ।

महिला संघकी इन्चार्ज एवं पार्टी उपाध्यक्ष जयन्ती राईले तीज पर्वको मौलिक विशेषता संरक्षण, सांस्कृतिक पक्षको प्रवर्द्धन गर्दै विकृतिलाई हटाउनुपर्ने उल्लेख गरिन्। त्यसका लागि महिलाहरू सचेत भएर राम्रा पक्षलाई अनुसरण गर्नुपर्नेमा उनले जोड दिइन् । 

त्यस अवसरमा नाचगानसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।