काठमाडौँ । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका-५ तुइँनखोला नजिकै आज बिहान ९:३० बजे आसपासमा पहिरो खस्दा पूर्ण रूपमा अवरुद्ध भएको हो ।
आज बिहान ४:२० बजे खसेको पहिरो पन्छाएसँगै बिहान ८ बजेदेखि सडकमा यातायात सञ्चालनमा आएको थियो ।
त्यसलगत्तै सोही स्थानमा फेरि पहिरो खस्दा यातायात सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनप्रहरले जानकारी दिएको छ । अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।







