काठमाडौँ। बैतडीको कुवाकोट निवासी नेकपा (एमाले) का केन्द्रीय परिषद् सदस्य दीपेन्द्र कुँवरले एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
जनयुद्धकालदेखि माओवादी आन्दोलनमा सक्रिय कुँवर नेकपा विभाजनपछि एमालेमा संलग्न भएका थिए । उनलाई माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै निवास खुमलटारमा स्वागत गरे ।
माओवादी केन्द्रका बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवर ‘विजय सुन्दर’ ले दीपेन्द्र कुँवरको पार्टीमा पुनर्मिलनका लागि सहजीकरण गरेका थिए ।







