काठमाडौँ । लोक सेवा आयोगले अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रिय कार्यालयले सूचना जारी गरी अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३३४/०८१-८२ (खुल्ला), नेपाल विविध सेवा, रा.प. तृतीय श्रेणी, महिला विकास अधिकृत पदमा उम्मेदवार सिफारिस गरिएको छ ।

यस्तै आयोगले विज्ञापन नं. १७३३५/०८१-८२ (खुल्ला), नेपाल विविध सेवा, रा.प. तृतीय श्रेणी, समाजशास्त्री पदमा र विज्ञापन नं. १७३३६/०८१-८२ (खुल्ला), नेपाल विविध सेवा, रा.प. तृतीय श्रेणी, अर्थशास्त्री पदमा उम्मेदवार सिफारिस गरेको छ ।









