काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ १४ गते चीन प्रस्थान गर्ने भएका छन् । उनी शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन बेइजिङ जाने प्रधानमन्त्री निकट स्रोतले बतायो ।
सम्मेलन भदौ १५ र १६ गते (अगस्ट ३१ र सेप्टेम्बर १०) आयोजना हुनेछ । यस सम्मेलनको उद्घाटन चीनका राष्ट्रपति सी जिनपिङले गर्ने छन् । सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरूको समेत उपस्थिति रहनेछ ।
समिटको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री मोदीसँग अलग–अलग भेटवार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।







