२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरियाबीच समझदारी

अ+ अ-

काठमाडौँ । पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरियाबीच प्राविधिक शिक्षाको अध्ययनका लागि छात्रवृत्ति आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको सिद्धान्तमा आधारित समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र युङजिन विश्वविद्यालय कोतर्फबाट प्राध्यापक चोइ जेइयोङले आज समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

समझदारीअनुसार शैक्षिक विकासका सन्दर्भमा पोखरा महानगरपालिका क्षेत्रको अन्तरराष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै प्राज्ञिक, सांस्कृतिक र प्राविधिक सहयोगमार्फत दुई देशबीच अन्तरराष्ट्रिय सम्बन्ध र पारस्परिक विकासमा जोड दिइनेछ ।

शिक्षा, पर्यटन र प्रविधिका क्षेत्रमा अन्तरराष्ट्रिय सहयोगलाई समर्थन गर्न मानव संसाधन तथा सूचना आदानप्रदान, महानगरपालिका र युङजिनबीच अनुकूल शैक्षिक कार्यक्रमहरू, भ्रमण र भर्चुअल शिक्षामा साझेदारी गरिने महानगरपालिकाले जनाएको छ ।

सहरी विकास, पर्यटन र दिगो अभ्यासलगायत पारस्परिक हितका क्षेत्रमा संयुक्त अनुसन्धान र नवप्रवर्तन परियोजनामा सहकार्य गरिने समझदारी पत्रमा भनिएको छ ।

महानगर प्रमुख आचार्यले दुई पक्षीय समझदारीले पोखराबाट वैदेशिक अध्ययनका लागि कोरिया जाने विद्यार्थीलाई उनीहरूको अध्ययन, सामाजिक सुरक्षा र न्यूनतम रोजगारीमा विश्वविद्यालयले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे । 

प्राविधिक शिक्षाका सन्दर्भमा विश्वविद्यालयसँगको समझदारीले विद्यार्थीको अन्तरराष्ट्रिय छात्रवृत्तिमा पहुँच स्थापित गर्ने भएकाले यसका लागि पोखरा महानगरपालिकाले आवश्यक सहजीकरण गर्ने उनले बताए। उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थी तथा अध्येयताहरूलाई समेत यसले महत्वपूर्ण सहयोग पुग्ने उनले बताए ।

पोखरा महानगरपालिकासँगको सहकार्यमा आफूहरू यहाँको शैक्षिक विकासका लागि हातेमालो गर्न तत्पर रहेको विश्वविद्यालयका प्राध्यापक चोइ जेइयोङले बताए । 

विशेष गरी प्राविधिक शिक्षा, मानवसंशाधन र पारस्परिक लाभका विषयहरूमा पोखरा महानगरसँग आफूहरू नजिकबाट काम गर्न चाहिरहेको उहाँको भनाइ छ । यसअघि पनि कोरियन सरकार र एजेन्सीहरूको सहयोगमा पोखरामा विभिन्न परियोजना सञ्चालनमा छन् ।