२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सामाजिक सञ्जालका टीकाटिप्पणीले एमाले हल्लिँदैन’ : पद्मा अर्याल

अ+ अ-

काठमाडौँ। नेकपा एमालेकी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले रुपन्देही-३ को उपनिर्वाचनको नतिजाले ०८४ सालको निर्वाचनको सन्देश दिने भएकाले चुनाव हार्ने छुट नभएको बताएकी छन् ।

एमाले लुम्बिनी प्रदेश कमिटीको दाङको लमहीमा बसेको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले कार्यकर्तालाई चुनाव  जित्ने गरी आक्रामक रूपमा काम गर्न निर्देशन दिइन् ।

‘एमालेका नेता कार्यकर्ता रक्षात्मक नभई आक्रामक रूपमा जुट्न तथा सामाजिक अराजकता विरुद्ध डटेर सामना गर्नुपर्छ’, सचिव अर्यालले भनिन्, ‘सामाजिक सञ्जालका टीकाटिप्पणीले एमाले हल्लिँदैन, यसबाट पार्टी अझ सुदृढ हुन्छ ।’

बैठकले केन्द्रीय कमिटीको नवौँ बैठकबाट पारित प्रस्तावलाई आत्मसात् गर्दै थप प्रस्तावहरू समेत पारित गरेको प्रदेश सचिव लक्ष्मण आचार्यले बताए ।

बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले एक वर्षमा उल्लेखनीय काम गरेको भन्दै धन्यवाद व्यक्त गरेको छ । सरकारले राजनीतिक स्थायित्व कायम गर्दै राजतन्त्र पुनस्थापनाको प्रयासलाई विफल बनाएको, अघिल्ला कार्यकालका उच्च प्राथमिकताका आयोजनाको निरन्तरता दिएको, सहकारी क्षेत्रका बेथितिलाई सम्बोधन गरेको, श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको, शिक्षा र भूमिसम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्‍याउने प्रयास गरेको र भ्रष्टाचारविरुद्ध दृढ अडान लिएको सचिव आचार्यले जानकारी दिए ।

बैठकले रुपन्देही-बुटवल क्षेत्रलाई प्रदेशको आर्थिक केन्द्रका रूपमा विकास गर्न योजनाबद्ध कार्यक्रम बनाउनुपर्नेमा  जोड दिएको छ ।

बैठकले बाँझो जमिनलाई उत्पादनमा ल्याउने कार्यक्रम बनाउन, वन्यजन्तुबाट हुने कृषि क्षति रोकथाम गर्न र बाँके-बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जनावरको आक्रमणबाट हुने धनजनको क्षतिपूर्ति दिलाउन माग गरेको छ ।

रुस-युक्रेन युद्ध, इजरायल-हमास द्वन्द्वलगायत विश्वव्यापी द्वन्द्वले निम्त्याएको असरबारे चिन्ता व्यक्त गर्दै बैठकले शान्ति र न्यायका लागि पहल गर्न तथा भाद्रमा हुन लागेको प्रधानमन्त्रीको भारत भ्रमणले नेपालको सार्वभौमिकता, अखण्डता र आर्थिक विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेको छ । बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन प्रवर्द्धनलाई मुख्य लक्ष्य बनाएर दृढतापूर्वक काम गरिरहेको बताएका थिए ।