२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारागार घटना प्रकरण: कैलालीका सिडिओ हमाल गृह तानिए

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले दुई जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखकको निर्देशनमा आज केही बेर अघि भएको निर्णयअनुसार कैलालीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोगन हमाललाई मन्त्रालयमा तानिएको छ। उनको स्थानमा दाङका प्रजिअ कृष्ण प्रसाद लम्साललाई कैलाली पठाइएको हो।

यस निर्णयको पृष्ठभूमिमा हालै कैलाली जिल्ला कारागारमा भएको गम्भीर घटना रहेको बताइएको छ। कारागारभित्र कैदीबन्दी बीचको झडप र सुरक्षा व्यवस्थामा देखिएको कमजोरीका कारण एक कैदीको मृत्यु भएको र केही घाइते भएको प्रारम्भिक जानकारी सार्वजनिक भएको थियो। घटनापछि कारागारभित्रको सुरक्षा प्रबन्ध र प्रशासनिक नियन्त्रणमा व्यापक प्रश्न उठेको थियो।

स्थानीय स्रोतका अनुसार, उक्त झडपको कारण कारागारभित्र लुकीछिपी रहेका धारिला हतियार, कैदीबन्दीबीचको गुटबन्दी, र प्रशासनको निगरानीमा देखिएको कमजोरी हो। घटनापछि पीडित पक्षका आफन्त, मानवअधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालयलाई जबाफदेही हुन माग गरेका थिए।

गृहमन्त्री लेखकले घटनामा देखिएको प्रशासनिक लापरबाहीका लागि जिम्मेवारीको स्पष्टता आवश्यक ठान्दै प्रजिअ हमाललाई गृह मन्त्रालयमा तान्ने निर्णय गरेका हुन्। गृह मन्त्रालयका अनुसार, नयाँ प्रजिअ कृष्ण प्रसाद लम्साललाई तत्कालै कैलाली पुगेर कारागार सुरक्षा व्यवस्था सुधार्न र घटनाको विस्तृत छानबिनमा सक्रिय भूमिका खेल्न निर्देशन दिइएको छ।

यससँगै, गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई कारागार र सुरक्षासम्बन्धी संवेदनशील विषयमा उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।