२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुहाङ नेम्वाङले भने-‘कारागारमा नाइके राख्ने कानुनी व्यवस्थाले आश्चर्यमा परेको छु’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले विश्वको कुनै पनि देशमा नभएको कारागारमा नाइके, भाईनाइके र चौकीदार राख्ने कानुनी व्यवस्था नरहेको तर नेपालमा मात्रै रहेको बताएका छन् ।

बुधबार बसेको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो व्यवस्था देखेर आफू आश्चर्यमा परेको समेत बताए ।

कारागारमा कैदीबन्दीलाई नै नाइके, भाईनाइके चौकीदार राख्ने व्यवस्थाको बारेमा जानकारी पाएपछि आफूले अन्य देशका कानुनहरूको खोजी गरेको बताए ।

तर कुनै पनि ठाउँमा कानूनी व्यवस्था नै गरेर कारागारमा नाइके, भाईनाइके र चौकीदार राखिएको नपाइएको उनले जानकारी दिए ।

‘यहाँ नाइके, भाईनाइके चौकीदारहरूले यस्तो तरिकाले त्यहाँभित्र दमन गरेर राखेको कुराहरू पनि हामीले सुन्नमा आएको छ । त्यही कारणले गर्दा खेरी हामी सबैले जुन नियमावली बनाएका छौँ, त्यहाँबाट उनीहरूलाई हामीले निश्चित सेवा सुविधा दिइरहेका रहेछौँ भन्ने कुरा जब मैले थाहा पाएँ, त्यसले गर्दा खेरी म अलिअलि यसमा आश्चर्य छु,’ सांसद नेम्वाङले भने ।

कानून बनाउने, नियमावली निर्माण गर्ने त्यहाँभित्र व्यवस्थापन गर्न सहजीकरण हुने सोचेर बनाएको हुनसक्ने भन्दै उनले त्यसबाट विकृति आएको बताए ।

‘जुन तरिकाको नाइके, भाईनाइके चौकीदारको कुरा छ । मैले विश्वको धेरै ठाउँहरूको रिसर्च गर । कुनै पनि ठाउँमा कानुन नै लेखेको चाहिँ छैन । तर हाम्रो नियमावलीमा दफा ५३ मा यसको व्यवस्था गरिएको रहेछ,’ कानुनका विद्यार्थी समेत रहेका सांसद नेम्वाङले भने, ‘हुन त कानुन बनाउनेले, नियमावली निर्माण गर्नेले सोचेर नै गर्नुभयो होला । उहाँको आसय के थियो होला त भन्दा खेरी त्यहाँभित्र व्यवस्थापन गर्न सहजीकरण हुन्छ है भनेर बनाउनुभएको होला । तर यसले एउटा विकृति ल्याएको छ ।’

नेम्वाङले कारागारमा नाइके, भाईनाइके र चौकीदार राख्ने व्यवस्थालाई पुनर्विचार गर्नुपर्नेमा जोड दिए ।