२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारागारभित्र कसरी हतियार र मादक पदार्थ जान्छ ? भन्दै संसदीय समितिमा उठ्यो प्रश्न

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले कारागारभित्र हातहतियार, मादक पदार्थ कसरी जान्छ ? भन्दै प्रश्न उठाएकी छिन् ।

बुधबार बसेको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले गृहमन्त्री रमेश लेखकलाई यस्तो प्रश्न गरेकी हुन् । कारागार सुरक्षाका लागी जेलर, सुरक्षा दिने निकाय हुँदाहुँदै पनि कारागारभित्र अवैध कारोबार भइरहेको उनको भनाइ छ ।

कारागारभित्र खुलेआम रूपमा पैसाको लेनदेन, मादक पदार्थको विक्री वितरणका साथै हातहतियार समेत प्रवेश गर्नु गम्भीर भएको उनले बताइन् ।

‘कारागारभित्र हातहतियार कसरी जान्छ ? कारागारभित्र मादक पदार्थ कसरी जान्छ ? कारागार भित्र हामी सुरक्षा गर्नलाई कारागारमा जेलरको व्यवस्था गरेका छौँ,’ उनले भनिन्, ‘सुरक्षा दिने निकाय छ, हामीसँग । प्रशासन छ, हामीसँग । तर भित्र चाहिँ पैसाको लेनदेन, मादक पदार्थको बिक्री वितरण । त्यसपछि हातहतियार समेत पुगेको अवस्था । कसरी हुन्छ, यतातिर मन्त्रालयलाई गम्भीर हुन म आग्रह गर्न चाहन्छु ।’

कारागारमा चौकीदार, नाइके, भाइ नाइके जस्तो नेतृत्वमा पुग्नको लागी हिसांत्मक घटना हुने गरेकोमा उनले चिन्ता व्यक्त गरिन् ।

उनले क्षमताभन्दा बढी कैदीबन्दी राख्दा पनि कारागारमा समस्या आउने गरेको बताइन् ।