२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रत्येक कारागारमा क्षमताभन्दा ६७ प्रतिशत बढी कैदीबन्दी छन्’-गृहमन्त्री लेखक

अ+ अ-

काठमाडौँ । नेपालमा सञ्चालित कूल ७७ कारागारहरूमा क्षमताभन्दा ६७ प्रतिशत बढी पुरुष बन्दी रहेको गृह मन्त्रालयले जनाएको छ । तर महिला बन्दी भने कारागारको क्षमता अनुसार नै रहेको मन्त्रालयले जनाएको छ ।

आज संसदीय समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले प्रस्तुत गरेको असार मसान्तसम्मको तथ्यांक अनुसार देशभरका कारागारमा रहेका पुरुष ब्लकको कूल क्षमता १६ हजार ६२५ जना हो । तर ती पुरुष ब्लकहरूमा २७ हजार १६८ जना पुरुष बन्दीहरू छन् ।

‘यस तथ्यांकले प्रत्येक कारागारमा क्षमताभन्दा औसतमा ६७ प्रतिशत बढी देखिन्छ,’ मन्त्री लेखकले भने, ‘अर्को शब्दमा भन्दा एक सय जनाको क्षमता भएको कारागारमा औसतमा सरदर १६७ जनालाई राख्नु परेको अवस्थामा हामी छौँ ।’

उनले महिलातर्फ देशभर सञ्चालनमा रहेका ५० वटा कारागारको क्षमता २ हजार ५०१ जना रहेकामा महिला बन्दीको संख्या १ हजार ५५० जना छन् । ‘यो क्षमता भित्रै छ । यसले समस्या छैन,’ उनले भने ।

ज्येष्ठ नागरिक ६६ र आश्रित बालबालिका ६४ जना

गृहमन्त्री लेखका अनुसार नेपालका ७२ वटा जिल्लामा ७५ कारागार छन् । भक्तपुर, धनुषा, बारा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैनन् भने काठमाडौँ, दाङ र बाँकेमा दुई/दुई वटा कारागार छन् ।

ती कारागारहरूमा थुनुवा र कैदी गरेर जम्मा २८ हजार ७१८ जना छन् । थुनुवातर्फ ९ हजार ८३९ पुरुष र ५९६ जना महिला गरी जम्मा १० हजार ४३५ जना छन् ।

यसैगरी कैदीतर्फ १७ हजार ३२९ पुरुष र ९५४ जना महिला गरी कूल १८ हजार २८३ जना छन् ।

यीमध्ये ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक ६६ जना र आश्रित बालबालिका ६४ जना छन् । यसैगरी १ हजार ४२७ जना विदेशी नागरिक छन् ।

गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा शुक्रबार राति कैदीबन्दीबीच झडप हुँदा एक जनाको ज्यान गएको थियो । त्यतिबेला ४० घण्टासम्म कारागार कैदीबन्दीको नियन्त्रणमा थियो ।

अहिले भने कैलाली कारागारमा प्रहरी प्रशासनको सहज पहुँच रहेको र स्थिति सामान्य रहेको गृहमन्त्री लेखकले जानकारी दिए । उनले आगामी दिनमा त्यस्ता घटना हुन नदिने सुनिश्चितता गरिएको पनि बताए ।

‘कारागार प्रशासनका लागि नयाँ कर्मचारी खटाइ परिस्थिति नियन्त्रणमा लिने काम भएको छ,’ उनले संसदीय समितिमा भने, ‘बन्दीलाई आफन्तसँग भेट गर्ने वातावरण मिलाइएको छ ।’

उनले कैलाली कारागारको घटनाबारे छानबिन समितिले प्रतिवेदन दिएपछि त्यसको आधारमा थप कानुनी कारबाही अघि बढाउने र अरू व्यवस्थापकीय काम पनि गर्ने बताए ।