२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिम्मेवार निकायको निष्क्रियता र कमजोरीप्रति प्रधानमन्त्री ओली असन्तोष : “अरु कुरा भन्दा पनि मल चाहियो, अभाव किन भयो ?”

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल देशभर मलको अभाव भइरहेको भन्दै उद्योग तथा कृषि मन्त्रालयका मन्त्री, सचिव र सरोकारवाला निकायका जिम्मेवार पदाधिकारीलाई बोलाएर कडा निर्देशन दिएका छन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले मल अभावको कारणबारे प्रश्न गर्दै जिम्मेवार निकायको निष्क्रियता र कमजोरीप्रति गम्भीर असन्तोष व्यक्त गरे। “मलको अभाव किन भयो ? बढी सवसिडी दिनुपर्ने भएपछि कम देखियो रे। तपाईंहरूको संस्था नै यसका लागि बनेको हो, अनि मलको अभाव छ,” उनले भने, “तपाईंहरूको संस्थाले के काम गर्‍यो त ? जवाफदेही हुनुपर्छ।”

प्रधानमन्त्री ओलीले मल आपूर्तिमा देखिएको समस्याका कारण नेतादेखि मन्त्री र पार्टीसम्म आलोचनाको सामना गर्नुपरेको उल्लेख गर्दै भने, “गाली तपाईंहरूको संस्थाले खाएको छैन, तर आपूर्ति गर्न सकेको छैन, चुप लागेर बसेको छ। नेताले गाली खाएको छ, पार्टीले गाली खाएको छ, मन्त्रीले गाली खाएको छ।” उनले सम्बद्ध निकायलाई जिम्मेवारी बोध गराउन आग्रह गरे।

आपूर्ति सुनिश्चित गर्नु नै तत्कालीन प्राथमिकता हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले थपे, “मलाई धेरै कुरा भन्दा पनि मल चाहियो यहाँ। अरु कुरा भन्दा पनि मल चाहियो। तपाईंहरूको संस्था छ, के भएर मल आउँदैन ?”

उनले गत वर्ष प्रधानमन्त्री बनेको केही समयमै मल आपूर्तिमा कमी–कमजोरी नहोस् भनेर स्पष्ट निर्देशन दिइसकेको स्मरण गराउँदै भने, “अहिले पनि समयमै व्यवस्था नगर्दा समस्या दोहोरिएको छ।” यसका लागि तत्काल आपूर्ति व्यवस्थित गर्न सम्बद्ध निकायलाई उनले कडा निर्देशन दिए।