२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलको जिकिर : ‘एमालेमा दुइटा मतभेद जस्तो देखिए पनि त्यो समाधान भइसक्यो’

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले दुई वटा मतभेद जस्तो देखिए पनि त्यो समाधान भइसकेको बताएका छन् ।

नेकपा एमाले कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकलाई मंगलबार धनकुटाको हिलेमा सम्बोधन गर्दै महासचिव पोखरेलले ७० वर्षको उमेर हद र दुई कार्यकालको विषयमा मतभेद जस्तो देखिए पनि त्यो अन्त्य भइसकेको बताए ।

पार्टी सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीले सर्वसम्मत रूपमा सो विषयलाई टुङ्ग्याइ सकेको उनले बताए । ‘यसमा एक जनाको मात्र असहमति छ, कर्ण थापाको मात्रै असहमति छ’, उनले भने ।

पार्टी विधानमा आफैले स्थगित गरेको कुरालाई स्थगित नगरे जसरी कार्यकर्ता र जनताको बिचमा लैजानु नहुने उनको धारणा छ । आफैँले गरेको काममा टिका टिप्पणी गर्नु राम्रो नहुने उनले स्पष्ट पारे ।

पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु हुँदैन भन्ने कुरा एमालेले लोकतन्त्र, पार्टी र स्वयम् पूर्वराष्ट्रपतिको हितका लागि सोचविचार गरेर गरेको उनले बताए । बाँकी विषयमा महाधिवेशनमा आधार सहित छलफल गर्न सकिने उनको भनाइ छ ।

पार्टी भित्र विभिन्न खालका अन्तर्घात अहिले पनि कायम रहेको भन्दै उहाँले पार्टीलाई राष्ट्रिय शक्ति बनाउन यसलाई त्यागेर एक ढिक्का भएर अघि बढ्नु पर्ने उनको धारणा छ। ‘पार्टीको आन्तरिक जीवनमा देखिएको आन्तरिक विवादले पार्टी संकटमा परेको छ, पार्टीलाई बालियो बनाउने सिंगो पार्टी एकजुट हुनुपर्दछ’, उनले भने ।

कोही आयो भने म असुरक्षित हुन्छु भन्ने कुराबाट मुक्त हुनु पर्नेमा उहाँले जोड दिनुभयो । यो सोच र प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने उनको धारणा छ। ‘भविष्यको योजना अन्तर्गत पार्टी निर्माण गर्ने योजनामा जानु पर्दछ, लक्ष समाज बदल्ने हो, माध्यम मात्र चुनाव हो’, उनले भने ।

यत्रो समय मैले गरेँ अब पार्टीले गर्नुपर्छ भन्ने सोच गलत भएको भन्दै उनले त्यसलाई त्याग्नु पर्नेमा जोड दिए । पार्टीको समृद्ध नेपाल निर्माण गर्ने योजना भएको बताउँदै उहाँले एमालेका सबै ५ लाख सदस्यलाई पार्टीले पद दिन नसकिने स्पष्ट पारे । त्यसैले समृद्ध नेपाल निर्माणको लक्ष बोकेर पार्टीका नेता कार्यकर्ता अघि बढ्नु पर्ने उनको धारणा छ ।

समाज बदल्नका लागि हिजो जीवन जोखिममा राखेर हिँडेको स्मरण गराउँदै उनले अहिले पार्टी भित्र अवसरवाद जन्मिएको उनको भनाइ छ । आफूलाई चित्त बुझेन भने सामाजिक सञ्जालमा पार्टी र नेताको विरुद्ध जथाभाबी लेख्ने प्रवृत्ति रोक्न उनले निर्देशन दिए ।

‘कुनै पनि सामाजिक परिवर्तनको लागि एकता र अनुशासन अनिवार्य सर्त हो, समाजलाई बदल्ने तागत नेकपा एमाले बाहेक अरूसँग छैन, एमालेका नेता कार्यकर्ता एक भएर लाग्ने हो भने एमालेको लागि मिसन २०८४ सम्भव छ’, उनले भने ।