२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सी जिनपिङका विश्वासपात्र लिउ पक्राउ

अ+ अ-

काठमाडौँ । चीन भावी विदेश मन्त्रीको दाबेदार मानिएका एक वरिष्ठ कूटनीतिज्ञ पक्राउ परेका छन् ।

चिनियाँ कम्युनिष्ट पाटी (सीपीसी)का विदेशी राजनीतिक दलहरूसँगको सम्बन्धको निरीक्षण गर्ने विभागका प्रमुख लिउ जियानचाओलाई हिरासतमा लिइएको हो ।

वाल स्ट्रिट जर्नलले आइतबार सार्वजनिक गरेको विवरणमा जुलाईको अन्त्यमा विदेश भ्रमणबाट बेइजिङ फर्केपछि अधिकारीहरूले लिउलाई सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको उल्लेख छ । तर, लिउलाई नियन्त्रणमा लिनुको कारण भने खुलाइएको छैन ।

समाचार संस्था एएफीले चिनियाँ विदेश मन्त्रालयसँग घटनाको पुष्टि गर्न खोजे पनि मन्त्रालयले तत्काल जवाफ नदिएको बताएको छ ।

६१ वर्षीय लिउले यसअघि फिलिपिन्स र इन्डोनेसियाका लागि चिनियाँ राजदूत र विदेश मन्त्रालयका प्रवक्तासहित प्रमुख कूटनीतिक भूमिकामा रहेर काम गरिसकेका छन् ।

लिउले राष्ट्रपति सी जिनपिङको भ्रष्टाचार विरुद्धको अभियान कार्यान्वयन गर्ने जिम्मेवारी भएका विभिन्न राष्ट्रिय र क्षेत्रीय निकायहरूको नेतृत्व गरिसकेका छन् ।

‘किन गाङ’पछि लिउ हिरासतमा पर्ने दोस्रो उच्चाधिकारी भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

किनलाई सन् २०२३ मा विवाहेत्तर सम्बन्धको रिपोर्टपछि विदेश मन्त्रीको पदबाट बर्खास्त गरिएको थियो ।

राष्ट्रपति सीका विश्वासपात्र मानिएका लिउलाई चिनियाँ कूटनीतिक वृत्तमा उदीयमान व्यक्तित्वका रूपमा हेरिएको थियो ।

जुलाईको सुरुमा उनले अमेरिकाका रक्षा मन्त्रीमाथि चीनको सामना गर्न आफ्ना सेनालाई बलियो बनाउन अमेरिकी सहयोगीहरूलाई आग्रह गरेर ‘टकराव र द्वन्द्व उक्साएको’ आरोप लगाएका थिए ।

गत महिनाको अन्त्यमा धेरै अफ्रिकी देशहरू, सिङ्गापुर र अन्यत्र भएका बैठकहरूपछि उनको सबैभन्दा पछिल्लो सार्वजनिक सहभागिता जुलाई २९ मा अल्जेरियामा भएको थियो ।