२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन्’ : देउवा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक पर्वहरू हाम्रा पहिचान मात्र नभई सामाजिक एकता र सांस्कृतिक समृद्धिका प्रतीक पनि भएको बताएका छन् । 

गाईजात्रा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले यस्ता पर्वले नेपाली समाजको आस्थासँगै परम्परागत मूल्यहरूलाई जीवित राखेका बताए। नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिपूर्ण सुन्दर देश हो । यहाँ विभिन्न जातजाति/समुदायका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्वहरू छन् ।

यिनै चाडपर्वहरूमध्ये नेवार समुदायमा वर्ष दिनभित्रमा दिवङ्गत आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको गाईजात्रा पर्व पनि महत्त्वपूर्ण हो । सभापति देउवाले यी प्रत्येक पर्वहरूलाई सबैले आदर र सम्मान गर्ने आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गरेका छन् । 

लोकतान्त्रिक व्यवस्थामा मात्र सबै जातजाति, भाषाभाषी, धर्म–संस्कृति र परम्पराहरूलाई समान अधिकार र अवसर प्राप्त हुने सभापति देउवाले बताए ।  यसले सबै संस्कृतिको संरक्षण र संवर्द्धनमा योगदान पुर्‍याउने उनले उल्लेख गरे । सबैले यस्ता सांस्कृतिक धरोहरलाई भावी पुस्ताका लागि संरक्षण गर्दै, पर्वहरूको मौलिकता जोगाउनु सामूहिक दायित्व र जिम्मेवारी भएको उनको भनाइ छ ।

सभापति देउवाले नेपालीहरूको मौलिक सांस्कृतिक पर्वका रूपमा रहेको गाईजात्राका अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।