२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चलचित्र ‘नालापानी’ को विशेष प्रदर्शनी सम्पन्न

अ+ अ-

काठमाडौँ । नेपाली वीरताको कथामा आधारित चलचित्र ‘नालापानी’को विशेष प्रदर्शनी आज काठमाडौँमा सम्पन्न भएको छ ।

रिमेश अधिकारीद्वारा निर्देशन तथा निर्माण गरिएको चलचित्र प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको हलमा भएको विशेष प्रदर्शनीमा संघीय संसद्का सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वसभामुख अग्नि सापकोटा, सांसदहरू, कलाकार तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो ।

चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै सभामुख घिमिरेले चलचित्र ‘नालापानी’ले इतिहासलाई जीवन्त ढंगले प्रस्तुत गरेको बताए ।  उनले त्यो समयमा राष्ट्र, राष्ट्रियता र मातृभूमिका लागि गरिएको योगदानलाई गहिरो रूपमा महसुस गर्न सकिने अनुभव व्यक्त गरे । 

“चलचित्रले राष्ट्रप्रेमले भरिएको कथा बोलेको छ, जसले कुनै पनि नेपालीको हृदय छुनेछ । सम्पूर्ण टिमलाई म धन्यवाद दिन चाहन्छु”, सभामुख घिमिरे भने ।

त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष दाहालले इतिहास र पहिचानसँग जोडिएका यस्ता विषयवस्तुलाई  समेटेर राष्ट्रप्रेमले भरिएको चलचित्र बनेको बताए । उनले यस्ता चलचित्रको विकासमा सरकार, सर्जक र सम्पूर्ण पक्षको ध्यान जानु आवश्यक रहेको बताए ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्र ‘नालापानी’ राष्ट्रप्रेमलाई झकझक्याउन सघाउने बनेको बताए । कालाकार श्रेष्ठ भने, “नालापानी युद्धको समग्र पक्ष समेटिएको चलचित्र बनेको रहेछ । यो विशेषतः विद्यार्थीहरूलाई इतिहास बुझाउन अत्यन्तै उपयोगी हुनेछ ।” 

त्यस्तै अभिनेता जितु नेपालले ‘नालापानी’ नेपाली इतिहासको गौरवलाई देखाउने उत्कृष्ट प्रयास भएको उल्लेख गर्दै सबैले हेर्नुपर्ने चलचित्र भएको बताए । “गोरखाली भनेर शिर उँचो पार्ने त्यो बेलाको बहादुरीलाई चलचित्रले जीवन्त बनाएको छ”, नेपालले भने ।

निर्देशक अधिकारीका अनुसार चलचित्र केवल ऐतिहासिक घटनाको पुनर्निर्माण मात्र नभई राष्ट्रप्रेम, सहादत र एकताको सन्देश बोकेको सशक्त श्रव्य दृश्य अभिव्यक्ति हो । 

चलचित्रमा महिला, बालबालिका र समाजको सामूहिक प्रतिरोधसमेत कलात्मक ढंगले प्रस्तुत गरिएको छ । 

विशेष प्रदर्शनीमा सहभागी दर्शकहरूले चलचित्रको विषयवस्तु, निर्देशन, छायांकन र कलाकारको अभिनयको प्रशंसा गरेका थिए ।