२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जबजको हेडक्वार्टर नै एमाले हो, आफैँ गए हुन्छ’ भन्दै माधवलाई झलनाथले फर्काए जवाफ

अ+ अ-

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पार्टीका सम्मानित नेता झलनाथ खनालले एकअर्काविरुद्ध फेरि सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

अध्यक्ष नेपालले पार्टी विभाजनको औचित्य पुष्टि भएन भन्नुको साटो एमालेकै सेवा गरेर बस्नु राम्रो हुने बताएका थिए । 

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रम मार्फत नेपालले यस्तो अभिव्यक्ति दिए लगत्तै खनालले थप चर्को जवाफ फर्काएका छन् ।

पार्टीको दशौं महाधिवेशनबाट पारित वैज्ञानिक समाजवादको कार्यक्रम भन्दा पनि जनताको बहुदलीय जनवाद (जबज) तिर रुचि राख्ने माधव नेपाल चाहिँ एमाले फर्कनु राम्रो हुने खनालले बताएका छन् ।

‘हामीले विद्रोह गरेको चार वर्ष भइसक्यो, महाधिवेशन भएको १३ महिना भइसक्यो, यो अवधिमा समेत न वैज्ञानिक समाजवादको कार्यक्रम प्रकाशित भएको छ, न विद्रोहको पुष्टि गर्ने कुरामा गहन ढंगले नै कदम चालिएको छ,’ खनालले भनेका छन्, ‘बरु माधव कमरेडले पटक पटक भन्ने गर्नु हुन्छ बहुदलीय जनवाद त छोड्नै सकिँदैन, बहुदलीय जनवाद बिना त अगाडि बढ्नै सक्दैनौ ।’

बहुदलीय जनवाद छोड्न नसक्ने हो भने उपयुक्त पार्टी एमाले नै भएको खनालले तर्क गरेका छन् ।

‘अहिले बहुदलीय जनवादको मुख्य गढ भनेकै नेकपा एमाले हो । बहुदलीय जनवाद नै भन्नु हुन्छ भने पनि यो त (एकीकृत समाजवादी) सानो बहुदलीय जनवाद हो । यो भन्दा यत्रो ठूलो हेडक्वार्टरै जस्तो बहुदलीय जनवाद छ’ पूर्वप्रधानमन्त्री खनालले भनेका छन्, ‘बरु माधव कमरेडले आफै उतै गए राम्रो हुँदैन र ? उहाँले विचार गरे हुन्थ्यो नि ।’

यद्यपि पार्टीभित्र देखिएको यो मतभेद हल गर्न केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने खनालले बताएका छन् ।