२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवाले भने-‘आदिवासी जनजातिको आत्मसम्मानका लागि काँग्रेस संवेदनशील छ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिको आत्मसम्मानका लागि काँग्रेस संवेदनशील रहेको बताएका छन् ।

एकतीसौँ विश्व आदिवासी दिवसका अवसरमा नेपाली काँग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आदिवासी जनजातिको आत्मसम्मानका लागि संविधानमै व्यवस्था गरिएको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री देउवाले सामाजिक परिवर्तनका लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तअनुरूप उपलब्धिहरू नयाँ संविधानमार्फत प्राप्त भएको उल्लेख गरे ।

सभापति देउवाले संविधानको प्रस्तावनामा नै अनेक प्रकारका विभेद, उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि, सामाजिक न्याय राखेर अहिले त्यसको कार्यान्वयन भइरहेको स्पष्ट पारे । उनले आदिवासी जनजाति संगठित रूपमा आफ्नो अधिकारका लागि अगाडि बढेको बताए ।

सभापति देउवाले राजनीतिकसँगै सामाजिक र आर्थिक विकासमा एकजुट भएर अगाडि बढ्नु आवश्यक रहेको उल्लेख गरे । काँग्रेसले आदिवासी, जनजातिको परम्परा र वेशभूषालाई संरक्षण र संवर्द्धन गर्दै आइरहेको उनको भनाइ थियो ।