काठमाडौँ । मदन-आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली चयन भएका छन् ।
प्रतिष्ठानको ३१औँ साधारण सभाबाट ज्ञवाली अध्यक्ष चयन भएका हुन् । यसअघि यो प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपाल थिए । नेपालको निधन भएपछि रिक्त पदमा ज्ञवाली चयन भएका हुन् ।
एमाले स्कुल विभाग प्रमुख रहेका ज्ञवाली प्रतिष्ठानको सदस्य थिए ।
बाँकी पदाधिकारी र सदस्य भने लगभग पुरानै कायम भएका छन् । उपाध्यक्षमा रामेश्वर फुयाँल, सचिव मधु तिमल्सिना र कोषाध्यक्ष सरोज दाहाल चयन भएका छन् ।







