काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्यलाई थप उन्नत ढंगले अगाडि बढाउनु आजको राजनीतिक विषय भएको बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले सबैलाई राष्ट्रियताको भावनाले एक सूत्रमा आबद्ध गरेको भन्दै देशमा रहेका सबै धर्म, जातजाति, समुदाय, वर्ण, लिङ्ग भूगोललाई उचित ढंगले विभिन्न स्थानहरूमा प्रतिनिधित्व गराएर एउटा समावेशी चरित्रको राज्य निर्माण गर्ने काम अहिलेको संविधानले गरेको जिकिर गरे।
अहिलेको संविधान नेपाली काँग्रेसको नेतृत्वमा बनेको हुनाले संविधानले समग्रमा संघीय गणतन्त्रात्मक राज्य व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भएको बताए।
आजको मुख्य राजनीतिक मुद्दा भनेको संविधानको रक्षा भएको उनको भनाइ थियो।।
गृहमन्त्री लेखकले वर्तमान सरकारले संविधानको रक्षाको विषयलाई दृढताका साथ अघि बढाएको बताए।







