२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितुवा पीडितलाई ३७ लाख राहत वितरण

अ+ अ-

काठमाडौँ । तनहुँमा वन्यजन्तुबाट क्षति भएका सर्वसाधारणलाई डिभिजन वन कार्यालय तनहुँले करिब ३७ लाख राहत वितरण गरेको छ । 

डिभिजन वन कार्यालय तनहुँले मानवीय र पशुधनको क्षतिबापत रु ३६ लाख ९३ हजार चार सय ३९ राहत वितरण गरेको हो । 

आर्थिक वर्ष २०८१/८२ मा चितुवाको आक्रमणबाट मृत्यु भएका तीन बालबालिकाको परिवार र वन्यजन्तुबाट क्षति भएका पशुधनको राहतपीडितलाई उक्त सहयोग गरिएको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए। 

चितुवाको आक्रमणबाट उक्त आर्थिक वर्षमा बन्दीपुर गाउँपालिकाका तीन जना बालबालिकाको मृत्यु भएको थियो । विसं २०८१ साउन ३ गते बन्दीपुर गाउँपालिका-५ कामीडाँडाका १३ वर्षीय सुन्दर कुमाल, चैत २९ गते बन्दीपुर गाउँपालिका-२ कामीडाँडामा १० वर्षीया अनुजा विक र गत जेठ २६ गते बन्दीपुर गाउँपालिका-२ कुवादीमा छ वर्षीय उत्सव गुरुङको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । 

मृतकका परिवारलाई जनही रु. १० लाखका दरले राहत रकम प्रदान गरिएको सूचना अधिकारी श्रेष्ठले बताए । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी सामान्य घाइते भएमा ५०  हजारसम्म, गम्भीर घाइते भएमा दुई लाखसम्म र मृत्यु भएमा अधिकतम १० लाखसम्म उपलब्ध गराउने व्यवस्था छ । 

यस्तै चितुवाको आक्रमणबाट घाइते म्याग्दे गाउँपालिका-२ का मानबहादुर गर्जा मगरलाई उपचारका लागि रु. एक लाख सात हजार र भालुको आक्रमणबाट घाइते भानु नगरपालिका-१२ का कल्पना गिरीलाई रु २४ हजार चार सय ३९ सहयोग गरिएको छ । 

चितुवाको आक्रमणबाट क्षति भएका पशुधनको राहत बापत रु. पाँच लाख ६२ हजार वितरण गरिएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार त्यस अवधिमा चितुवाको आक्रमणबाट ४७ बाख्रा, एउटा भैँसी, १२ वटा गाई गोरु मरेका थिए । 

भानु, बन्दीपुर, आँबुखैरेनीमा चितुवाको आतंक छ । चितुवाको आक्रमणबाट पछिल्लो आठ वर्षमा १६ बालबालिकाले ज्यान गुमाएका छन् । डिभिजन वन कार्यालय तनहुँले चितुवाबाट जोगिन साँझ तथा रातको समयमा घर गोठ उज्यालो बनाउन, एक्लै नहिँड्न, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धहरूको विशेष ख्याल र रेखदेख गर्न आग्रह गर्दै आएको छ ।