२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमतीका मुख्यमन्त्री बानियाँले मंगलबार विश्वासको मत लिने

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आउँदो मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । 

एमाले र काँग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँले संवैधानिक प्रावधानअनुसार साउन २७ गते विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश सभा सचिव रामकुमार पौडेलद्वारा बिहीबार सार्वजनिक गरिएको सूचनामा नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) अनुसार मुख्यमन्त्री बानियाँले विश्वासको मत प्रस्ताव पेस गर्ने उल्लेख छ । 

यसका लागि सभामुख भुवनकुमार पाठकले साउन २७ गते अपराह्न ४ बजे प्रदेशसभा बैठक बस्ने गरी मिति निर्धारण गरेका छन् । बैठकमा विश्वासको मत प्रस्तावमाथि छलफल गरी मत विभाजन गरिने छ ।

काँग्रेसका बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ आफ्नो दलका ३७ र सत्ता साझेदार एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा साउन २० गते मंगलबार मुख्यमन्त्री बनेका हुन् । प्रदेशसभाका ११० जना सांसद छन् । उनी आफ्नै दलका नेता बहादुरसिंह लामा तामाङलाई विस्थापित गर्दै बानियाँ मुख्यमन्त्री बनेका हुन् ।

मुख्यमन्त्री बन्न बानियाँले लामाविरुद्ध काँग्रेसको प्रदेश संसदीय दलमा अविश्वास प्रस्ताव पारित गराई मुख्यमन्त्रीबाट राजीनामा गराउन दबाब बढाएका थिए । दलको नेतामा चुनाव हारेपछि र पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए ।