काठमाडौँ। नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेल सहितका नेताहरुले विधान महाधिवेशन हुने हलको निरीक्षण गरेका छन् ।
अर्को महिना २०-२२ भदौमा एमालेले ललितपुरको गोदावरीस्थित सनराइज हलमा दोस्रो विधान महाधिवेशन गर्दैछ ।
उक्त हलको निरीक्षण गर्न बिहीबार बिहान एमाले कार्यवाहक अध्यक्ष पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतको टोली पुगेको थियो ।
निरीक्षण पश्चात् नेताहरुले हल व्यवस्थापन कार्यलाई तीव्र पार्न व्यवस्थापन कार्यमा खटिएका टिमलाई निर्देशन दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।







