काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले पार्टी विरोधी गतिविधिमा लागेका वा पार्टी विरोधी गतिविधि गर्नेहरूको नाम पठाउन सर्कुलर गरेको छ ।
जिल्ला इन्चार्जहरू पत्र पठाउँदै अनुशासन कुनै पनि संगठनको सफलताको लागि अपरिहार्य रहेको भन्दै पार्टी विरोधी गतिविधि गर्नेहरूको नामको सूची पठाउन भनेको हो ।
पत्रमा भनिएको छ, ‘जनमत पार्टीले अनुशासन कडाइका साथ लागू गर्ने नीति लिएको र हरेक सदस्यले अनुशासन पालना गरेको नगरेको रिपोर्ट सदस्यता रेकर्डसँगै राख्ने निर्णय गरेको छ। पार्टीका कुनै पनि सदस्यले कुनै पनि समितिमा बस्न, पार्टीबाट कुनै पनि तहमा टिकट लिन वा पार्टीबाट अन्य कुनै सिफारिस वा लाभ लिन अनुशासन सफाइ प्रमाणपत्र लिनु पर्ने वा अनुशासन ‘क्लियरेन्स’ हुनु पर्ने प्रावधान ल्याउँदै छ ।’
पार्टी विरोधी गतिविधिमा लागेका वा पार्टी विरोधी गुट/समूहको भेला वा बैठकमा जाने गरेका वा पार्टीको विरोधमा पोस्टहरू गर्ने सदस्यहरूको नाम सूची प्रमाणसहित नियमित रूपमा केन्द्रीय सचिवालयमा पठाउनुपर्ने पत्रमा उल्लेख छ ।








