२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन अघि बढाउन कर्मचारीलाई निर्देशन

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन अघि बढाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

सडक विभागको गत आवको प्रगति समीक्षा कार्यक्रममा बुधबार मन्त्री दाहालले ‘अहिले केको हतार, बिस्तारै गरौँला नि १’ भन्ने नसोची बजेट तथा कार्यक्रम कार्यान्वयन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् ।

आर्थिक वर्ष सुरु हुनुभन्दा डेढ महिनाअघि नै बजेट सार्वजनिक गर्नुको मर्म पनि आर्थिक वर्ष सुरुवातसँगै कार्यान्वयन प्रक्रिया अघि बढाउन सहज होस् भन्ने रहेको उनले बताए । मन्त्री दाहालले बेलैमा काम सुरु गरी उच्च नतिजा निकाल्न निर्देशन दिए ।

‘आर्थिक वर्षको अन्त्यमा हतार–हतार काम गरी बजेट कार्यान्वयनको परिमाण बढाउने चलन पनि छ,’ मन्त्री दाहालले भने, ‘बेलामा काम नथाल्ने अनि बित्न लागेपछि हतार गरेर राम्रो परिणाम निस्कँदैन, त्यसैले अहिलेदेखि नै काम अघि बढाउनु होला, गत आर्थिक वर्षको भन्दा राम्रो नतिजा देखिने गरी काम गर्नुपर्छ ।’

भौतिक मन्त्रालय नागरिकलाई विकासको महसुस गराउने प्रमुख मन्त्रालय रहेको र यसमध्ये पनि सडक विभाग प्रमुख अंग रहेकाले सडक विभागको काम र परिणामले सिंगो मन्त्रालयको कार्यसम्पादन र नतिजामा ठूलो अर्थ राख्ने मन्त्री दाहालको भनाइ छ ।

थालिएका योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न निर्देशन दिँदै मन्त्री दाहालले अब सुरु गर्ने योजनामा कुनै अवरोध आउन नदिन निर्देशन दिए ।

निर्माण कार्य छिटो, छरितो र गुणस्तरीय बनाउन सम्झौता गर्न नसकिने मन्त्री दाहालले बताए । ‘छिटोको नाममा गुणस्तरहीन काम हुनु भएन र गुणस्तर कायम गर्ने नाममा ढिलासुस्ती पनि हुनु भएन, समय र गुणस्तरलाई सन्तुलनमा राखेर काम गर्न आवश्यक छ,’ उनले भने ।

वर्षायाम सुरु भइसकेकाले सडक तथा यातायात अवरुद्ध हुन नदिने गरी स्रोतसाधन, जनशक्ति र उपकरण परिचालन गर्नसमेत उनको निर्देशन छ ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले कुनै पनि योजना रुग्ण हुने अवस्था आउन नदिन निर्देशन दिए । रुग्ण आयोजना व्यवस्थापन मन्त्रालयको प्राथमिकतामा रहेको स्मरण गराउँदै उनले बाँकी रुग्ण आयोजना व्यवस्थापनतर्फ ध्यान दिन समेत आग्रह गरे ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले नीति कार्यक्रम तथा बजेटमा समावेश कार्यक्रम कार्यान्वयन प्रक्रियामा ढिलाइ नगर्ने प्रतिबद्धता जनाए ।

वर्षको अन्त्यमा चाप पर्न नदिने गरी बेलैमा काम सुरु गराइ छिटो नतिजा निकाल्ने गरी काम गर्न विभाग क्रियाशील रहेको उनले बताए । वर्षाको समयमा सकेसम्म सडक अवरुद्ध हुन नदिने र अवरुद्ध भए छिटो खुलाउने गरी संयन्त्र परिचालन भएको सडक विभागले जनाएको छ ।