२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानून संशोधन पूर्व सरोकारवालासँग छलफल गर्न सरकारलाई राष्ट्रिय मानवअधिकार आयोग आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले बहुविवाह लगायतको व्यवस्थामा परिमार्जन गर्ने गरी थालेको मुलुकी संहिता संशोधनको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले आज विज्ञप्ति जारी गर्दै मुलुकी अपराध संहिता २०७४ को दफा १७५ मा विभिन्न उपदफा संशोधन गरी बहुविवाहलाई पश्रय दिने व्यवस्था गरिएको भन्ने सार्वजनिक विषयप्रति ध्यानाकर्षण गरी छलफल थालेको बताएको छ ।

साउन १८ गते मन्त्रालयसँग संशोधन मस्यौदा माग गरी छलफल थालेको जनाउँदै आयोगले बहुविवाह कानूनी कसुर मात्रै नभई मानवअधिकारसँग सम्बन्धित विषय भएको जनाएको छ ।

कानून संशोधनबाट प्रत्यक्ष परोक्ष बहुविवाहलाई प्रोत्साहन हुन गई घर परिवार तथा समाजमा पार्ने दूरगामी प्रभावको अध्ययन गर्नुपर्ने हुन्छ, आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ –लोकतन्त्रान्त्रिक मुलुकमा कानून निर्माण र संशोधन गर्दा सो कानूनसँग सम्बन्धित सरोकारवालाहरूसँग पर्याप्त छलफल गर्नुपर्ने हुन्छ भन्ने आधारभूत मान्यतामा आयोग दृढ छ ।

आयोगले बहुविवाह लगायतका व्यवस्था संशोधन गर्दा अन्तर्राष्ट्रिय सन्धि सम्झौताको अध्ययन गर्न समेत सरकारलाई सम्झाएको छ । साथै आयोगले दिने सुझावलाई पनि समेटेर कानून संशोधन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।