२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री शाहको दाबी : ‘राजनीतिक र शासकीय दृष्टिमा सरकार सफल’

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकार गठनको एकवर्षे कार्यकाल राजनीतिक एवं शासकीय दृष्टिकोणबाट सफल रहेको बताएका छन् ।

सरकार गठनको एक वर्षको अवधिमा भएका उपलब्धि सार्वजनिक गर्न आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले एक वर्षको अवधिमा राजनीतिक स्थायित्व प्रत्याभूति गरिएकाले सरकार सञ्चालनका साथै विकासका गतिविधिलाई तीव्रता दिन उपयुक्त र भरपर्दो आधार निर्माण भएको बताए ।

उनले भने, “सरकारले कार्यान्वयनमा ल्याएका योजना कार्यक्रमले जनमानसमा सुशासन र विकासको नयाँ आशा एवं भरोसाको सञ्चार गरेको छ, विगतका कमीकमजोरी सुधार गरी सुशासन र विकासको प्रत्याभूति दिलाउनेतर्फ निर्देशित भएर सरकार क्रियाशील छ ।”

छिमेकी मित्रराष्ट्र भारत सरकारको निमन्त्रणामा आफ्नो नेतृत्वमा भएको औपचारिक भ्रमणका क्रममा भारतका दुई प्रदेशका मुख्यमन्त्रीलगायत उच्च पदाधिकारीसँग भएको भेटवार्ताले दुवै मुलुकका बीच कूटनीतिक, धार्मिक, सांस्कृतिक सम्बन्ध, सहकार्य र समन्वयलाई थप मजबुद बनाएको महसुस भएको मुख्यमन्त्री शाहले बताए ।

सो अवसरमा सार्वजनिक गरिएको उपलब्धि विवरणमा एसियाली विकास बैंकले प्रदेशको एकीकृत आर्थिक तथा पर्यटन विकासको अध्ययन गरी सोको प्रतिवेदन सरकारलाई हस्तान्तरण गर्नु र उक्त बैंकले लगानी तथा विकास सम्मेलन सफल बनाउन सम्मेलन आयोजनामा लागत साझेदारी लगायतको सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरेको उल्लेख छ ।

एसियाली विकास बैंकको प्रतिवेदनमा उल्लिखित पाँच महत्त्वपूर्ण परियोजनालाई सुदूरपश्चिममा गर्न लागिएको लगानी तथा विकास सम्मेलन लगानीकर्ताका लागि प्रस्तुत गरिने बताइएको छ ।

यसैगरी, सुदूरपश्चिम प्रदेश साक्षर प्रदेश घोषणा हुन सक्नु, एक वर्षमा १८ ऐन नियम निर्देशिका तथा कार्यविधि जारी हुनु, प्रदेशको खर्च गर्ने क्षमतामा वृद्धि गर्दै ७० दशमलव २२ प्रतिशत वित्तीय प्रगति हुनुलाई सरकारले उपलब्धि मानेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको विभिन्न ११ सूचकका आधारमा कार्यसम्पादन मूल्यांकनबाट प्रदेशहरूमध्ये सबैभन्दा बढी ५१ दशमलव ६ प्रतिशत अंक प्राप्त गरी सुदूरपश्चिम प्रदेश पहिलो हुनु र चालु वर्षमा स्थानीय तहमा वित्तीय हस्तान्तरणको परिणाम वृद्धि भएको उपलब्धि विवरणमा समेटिएको छ ।

.उपलब्धि विवरणमा भौतिक विकासतर्फ थप ३५५ किलोमिटर सडक निर्माण, थप एक हजार ६२८ हेक्टर जग्गामा सिँचाइ सुविधा, थप २७ किमी तटबन्ध निर्माण, २७ हेक्टर जग्गा नदी उकासबाट प्राप्त प्राप्त हुनु, खानेपानी सुशासन तथा पूर्वाधार सहयोग आयोजनाअन्तर्गत नेपाल सरकार खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारबीच लागत साझेदारीमा प्रदेशको कैलाली र डोटीका विभिन्न पालिकामा रु. १३ अर्ब ३८ करोड ७० लाख रकम बराबरको आयोजना सञ्चालनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भई आयोजनाको काम प्रारम्भ भएको उल्लेख छ ।

अछामको बयलपाटा अस्पताल, कैलालीको लम्कीचुहा अस्पताल र डडेल्धुराको जोगबुडा प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति तथा सञ्चालनको प्रक्रिया अघि बढेको जस्ता गतिविधिलाई पनि उपलब्धिमा समेटिएको छ ।