२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुलिङ पिरियडमा भएको हेरफेरबारे छानबिन गर्न गठित समितिको बैठक पुनः सुरु 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस र नेकपा (एमाले) का प्रमुख सचेतकहरूसँग छलफल गरेपछि कुलिङ पिरियडमा भएको हेरफेरबारे छानबिन गर्न गठित समितिको बैठक पुनः सुरु भएको छ।

काँग्रेस सांसद जीवन परियारको संयोजकत्वमा रहेको छानबिन समितिले छानबिनलाई अन्तिम रूप दिँदै प्रतिवेदन पेस गर्ने तयारी गरेको हो।

समितिलाई दिएको म्याद आज सकिँदै छ। सुरूमा २१ र पछि ७ दिन म्याद समितिलाई दिइएको थियो।

समितिका सत्ता पक्षीय सांसदहरूले आज दिउँसो काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमाले मुख्य सचेतक महेश बर्तौलासँग कुराकानी गरेका हुन्। बर्तौलाको कार्यकक्षमा कुराकानी भएको थियो।

यसअघि आइतबार बिहान पनि समितिका सांसदहरूबीच कुराकानी भएको थियो। दिउँसो पनि बैठक राखिएकोमा सत्तापक्ष सांसदहरू उपस्थित थिएनन् भने प्रतिपक्षी सांसदहरू कुरेर बसेका थिए। 

समितिमा नेपाली काँग्रेसबाट सांसद जीवन परियार, सुशीला थिङ, नेकपा (एमाले) बाट नारायण आचार्य र ईश्वरी घर्ती तथा प्रतिपक्षी दल माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की छन्।

कुलिङ पिरियडमा कर्मचारीलाई अवकाश वा राजीनामाको दुई वर्षसम्म नियुक्ति गर्न नमिल्ने व्यवस्था राखे पनि प्रतिनिधि सभाबाट विधेयक पारित हुँदा उक्त विषयमा हेरफेर भएको पाइएको थियो। त्यसपछि सभामुख देवराज घिमिरेले छानबिन समिति बनाएका थिए।