२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको दाबी : ‘पहिलो चुनावमा माधव नेपालले २०० दिएका थिए, २० रुपैयाँ बच्यो’ 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निर्वाचन लड्ने बेलामा अहिलेसम्म कुनै पनि अमर्यादित क्रियाकलाप नगरेको दाबी गरेका छन् ।

आइतबार आफ्नै सरकारी निवास बालुवाटारमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा सहभागीहरूले नेपालको निर्वाचन प्रणाली महँगो हुँदै गएको, कालोधनलाई सेतो बनाउने काम निर्वाचनमा हुने गरेको लगायतका तर्कसहितका धारणा राखेका थिए ।

तर, त्यसप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले ०४८ सालमा आफूले पहिलो पटक झापाबाट निर्वाचन लडेको र उक्त निर्वाचनमा पार्टीले दिएको २ सय रुपैयाँमा अझै २० रुपैयाँ बचेको बताए ।

‘निर्वाचनको बारेमा विद्वान मित्रहरूले भनेको कुरामा एकाध ठाउँमा च्यालेन्ज गर्न मन लाग्यो । म आफैँ निर्वाचन लडेर आएको छु । मेरो निर्वाचन ०४८ सालमा ४३ हजार रुपैयाँ साथीहरूले चन्दा उठाएका थिए,’ प्रधानमन्त्री ओलीले भने, ‘२१ हजार निर्वाचनमा खर्च भयो । बसको छतमा बसेर हिँड्दा साथीहरू खसे । दुई जनाको उपचार गर्दा १२ हजार खर्च भयो । १० हजार रुपैयाँ चुनाव पछि बचत रह्यो पार्टीकै कोषमा ।’

उक्त चुनाव हुने बेलामा आफ्नो पार्टीको महासचिव माधव कुमार नेपाल रहेको र नेपालले खर्चस्वरुप आफूलाई २ सय रुपैयाँ दिएको प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा बताए ।

‘त्यस चुनावमा हाम्रो पार्टीको महासचिव माधव कुमार नेपाल हुनुहुन्थ्यो । उहाँले बाटो खर्च भनेर २ सय दिनुभएको थियो । चुनावमा जाँदा १ सय ८० रुपैयाँ बस भाडा र बीचमा खाना खानका लागि २० रुपैयाँ,’ ओलीले थप प्रष्ट पार्दै भने, ‘एउटा साथी भेटियो उसले मैले तिर्छु भनेर खानाको पैसा पनि उसैले तिर्‍यो । २० रुपैयाँ बच्यो ।’

उक्त बचेको २० रुपैयाँ चुनाव सकिएपछि साथीहरूसँग बसेर चिया पिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘चुनाव सकिएपछि ५/७ जना साथीहरू भेट भएको थियो । तपाईँले एक कप चिया पनि नखुवाई चुनाव सक्ने र विजयी भएर जाने, यो त ज्यादती नै भयो भने,’ प्रधानमन्त्री ओलीले भने, ‘तर, मलाई पार्टीले दिएको २० रुपैयाँ मेरो खल्तीमा सुरक्षित नै छ भनेँ । पाँच सात जनालाई चिया खान पुग्छ भनेर हामीले खाएका थियौँ ।’

प्रधानमन्त्री ओलीले आफू नेपालका आम निर्वाचनमा दुई पटक सर्वाधिक मत ल्याएर जितेको मान्छे भएको भन्दै स्वच्छताका साथ पनि चुनाव जित्न सकिने जिकिर गरे ।

‘दुई वटा आम निर्वाचनमा नेपालमा सर्वाधिक भोट ल्याएर जितेको मान्छे मै हुँ । कुनै प्रकारको अपफियर चिज नगरी, बुथ कब्जा नगरी, कसैलाई धम्की नदिई, अनुचित क्रियाकलाप नगरी स्वच्छताका साथ जनताले भोट दिएर जितेको हुँ । धन र बलको प्रयोग बिना जितेको हुँ,’ प्रधानमन्त्री ओलीले भने, ‘सञ्चारमाध्यममा लाइभ गइरहेको छ, म भनिरहेको छु । कसैले असत्य प्रमाणित गर्न सक्छ भने, अहिलेसम्मका कुनै निर्वाचनमा मैले कतै बुथ कब्जा गरेको भए, नियम उल्लंघन गरेको भए कसैले मलाई औँलो ठड्याउन सक्छ भने हेरौँ । रिस उठेर गाली गर्ने कुरा बेग्लै हो ।’