२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठगी गर्ने बेलामा आँखा नदेख्ने अनि प्रतिशोध भन्ने ? भन्दै रविलक्षित ओलीको आक्रोश

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछाने थुनामा जानुमा सरकारको हात नरहेको प्रतिक्रिया दिएका छन् ।

धनगढीमा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लामिछानेमाथि सरकारले प्रतिशोध लियो भन्ने कुरा निराधार रहेको टिप्पणी गरेका हुन् ।

‘विभिन्न किसिमका अपराध गर्‍यो अनि सरकारलाई गाली गर्‍यो, सरकार अदालत होइन, अदालतले थुन्छ कि छोड्छ सरकारको हातमा हुँदैन, ठगी गरेपछि अदालतले थुन्छ त, गर्ने बेलामा नचाहिने काम गर्ने, गर्ने बेलामा आँखा नदेख्ने, अनि पछि लौ प्रतिशोध, के को प्रतिशोध ?’, उनले प्रश्न गरेका छन् ।

संगठित सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका रास्वपा सभापति लामिछानेलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले उनीमाथि आफूले कुनै प्रतिशोध नराखेको दाबी गरे ।

बरु आफूले नै लामिछानेलाई स्थापित गरेको उनको तर्क छ । ‘मैले बनाएको हो गृहमन्त्री, मैले ल्याएको हो राजनीतिमा, के को प्रतिशोध ?, उनले भने ।

लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले सञ्चालन गरिरहेको हस्ताक्षर अभियानप्रति समेत प्रधानमन्त्री ओलीले कटाक्ष गरे ।

‘असभ्य ढंगले बोल्या छ, तथाकथित हस्ताक्षर क्याम्पेन, मलाई डर लाग्या छ, तीन करोडभन्दा माथि हस्ताक्षर क्याम्पेन गयो भने, म उहाँहरूलाई सचेत गराउन चाहन्छु, हस्ताक्षर क्याम्पेन बढ्दै जाँदा तीन करोडभन्दा माथि नपुगोस् है, त्यसभित्रै राख्नुहोला ।’

रास्वपाले नागरिक, पेसाकर्मी, कलाकर्मी लामिछानेको पक्षमा भनेर संकलन गरिरहेको हस्ताक्षर किर्ते भएको आरोप प्रधानमन्त्री ओलीले लगाएका छन् ।

‘दुई-चार जनालाई सही गरायो, घरमा गएर दनादन दनादन हस्ताक्षर क्याम्पेन, अहिले त कति हो लाख भन्छन्’, ठट्यौलीमा पारे ओलीले भने ।