२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टिमुरे सुक्खा बन्दरगाहमा बाढीले १ अर्बको क्षति

अ+ अ-

काठमाडौँ । रसुवामा निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहमा २४ असारको बाढीले १ अर्ब रुपैयाँ बराबरको क्षति भएको पाइएको छ ।

यो परियोजना निर्माण गरिरहेको तिब्बत फुली कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर याङ ली र नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलबीचको छलफलमा उक्त जानकारी गराइएको हो। म्यानेजर लीका अनुसार भोटेकोशी नदीतर्फ लगाइएको रिटेन्सन पर्खाल ४ सय मिटर भत्किएको छ ।

२ सय ५० युनिट सवारीसाधन पार्किङ गर्न मिल्ने गरी बनाइएको कंक्रिट ढलान पूर्णरूपमा क्षति भएको छ । २ वटा गोदाममा माटो र ढुंगा भरिएको छ । २ वटा लोडिङ/अनलोडिङ सेडमा क्षति पुगेको छ । यीसमेत कुल १ अर्ब रुपैयाँ बराबरको क्षति भएको उनले बताएका छन् ।

बन्दरगाह निर्माणमा खटिएका कामदारमध्ये १४ चिनियाँ र ८ नेपाली कामदारको मृत्यु भएको समेत उनले बताए । सुक्खा बन्दरगाह परिसरमा बनाइएका संरचनामध्ये प्रशासनिक भवन मात्र ठिक अवस्थामा रहेको उनले बताए ।

यो आयोजना चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको हो । आयोजना लागत २ अर्ब १६ करोड रहेको छ । छलफलका क्रममा निर्माण कम्पनीका म्यानेजरले त्यहाँ सुक्खा बन्दरगाह बनाउन उपयुक्त नभएको र अन्य स्थानमा छनोट गर्नुपर्ने उनले सुझाव दिए । त्यसबारे मन्त्रालयमा छलफल गरी निर्णय लिइने कार्यकारी निर्देशक गजुरेलले बताए ।

यो बन्दरगाह चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बनिरहेको छ । १६ अक्टोबर २०१४ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । १० अप्रिल २०१५ मा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको थियो ।

निर्माण सम्बन्धमा २०७६ सालमा हस्ताक्षर भएसँगै आयोजना अगाडि बढेको हो । यो आयोजना निर्माण अवधि १६ फागुन २०८२ सम्म छ ।