काठमाडौँ । राष्ट्रिय सभामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले राजीनामा दिनुपर्ने विषय उठेको छ ।
मंगलबार सभाको बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद उदयबहादुर बोहराले कास्कीको पोखरास्थित क्षेत्रको १३४ रोपनी जग्गा हडप्न घुस लेनदेन गरेको विषयमा अडियोहरू सार्वजनिक भएको बताए ।
यही विषयमा आरोपित तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएको तर, भूमि मन्त्री अधिकारीले राजीनामा नदिएको भन्दै उनले बर्खास्त गर्न माग गरे ।
सार्वजनिक अडियो तत्कालीन मन्त्री गुप्ताको भएको पुष्टि भएको र उक्त अडियोमा गुप्ताले अधिकारीमाथि समेत घुस लिएको आरोप लगाएको उनले बताए ।
अगाडि भनेका छन्, ‘‘३२ लाखको घुस डिलको अडियो सार्वजनिक भएका र उनी सम्बद्ध कास्की जिल्ला पार्टी कार्यालयले कारबाहीका लागि सिफारिस गरेका भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रीको राजीनामा नआएकोले तत्काल बर्खास्त गरी उनलाई छानबिन गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछु ।’







