२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओखलढुंगामा चार हजार घर पहिरोको जोखिममा रहेको आकलन

अ+ अ-

ओखलढुंगा । जिल्लाका आठ स्थानीय तहका चार हजारभन्दा बढी घर मनसुनजन्य विपद्को उच्च जोखिममा रहेका आँकलन गरिएको छ । आठ स्थानीय तहका ३५ बस्तीका चार हजार ४७ घर बाढी पहिरोको जोखिममा रहेका हुन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी अनुप पौडेलका अनुसार विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना-२०८१ का अनुसार जिल्लामा तीन हजार ९०४ घर पहिरो र १४३ घर बाढीजन्य विपद्को जोखिममा छन् । स्थानीय तहहरूले जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराएको विवरणअनुसार १२ हजार ३८४ मानिस उच्च जोखिममा छन् । सबैभन्दा बढी जिल्लाको खिजीदेम्बा गाउँपालिका–३ को एस्टेन, भित्ताखर्क, सतल्पु, गुरिफ, तनुवा, चप्लेटी खोला र चोस्पु गाउँका गरी दुई हजार ४२५ घरका छ हजार ७० नागरिक जोखिममा छन् ।

यस्तै मोलुङ गाउँपालिका-८ गौरीगाउँ, पलारु, खिम्ली, ओवांगी, भिरकुना, रागाँदीप, टङ्कु र सेप्लुका गरी पाँच सय २० घरका दुई हजार ५०० मानिस पहिरोको जोखिममा छन् । चम्पादेवी गाउँपालिका-८ बिलन्दुका एक सय ६५ घर पनि पहिरोको उच्च जोखिममा छन् ।

मानेभन्ज्याङ गाउँपालिका-६ र ७ मा अवस्थित टोक्सेलको हर्कपुर, माझी गाउँ र जयरामघाट तथा चम्पादेवी गाउँपालिका-१ पलापुको सुनकोशी नदी किनारका एक सय ४३ घर बाढी तथा डुबानको जोखिममा छन् । सुनकोशी, दुधकोशी र लिखु-३ नदीले घेरिएको ओखलढुंगा जिल्लामा नदी कटानको समेत समस्या छ । जिल्लाभित्रका खोलानालाले समेत वर्षाको समयमा जनधनको क्षति गर्ने गरेका छन् ।

जोखिम बढेसँगै प्रशासनले सतर्कता अपनाउन नागरिकलाई आग्रह गर्दै जोखिमयुक्त बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तहलाई परिपत्र गरेको छ । विपद् जोखिम न्यूनीकरण, उद्धार र राहतका लागि जिल्ला स्तरीय संयन्त्र परिचालन गरिएको र स्थानीय तहहरूसँग समेत समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको भनाइ छ । विपद्को समयमा तत्कालै प्रयोग गर्न विभिन्न विद्यालय, क्लब, सामुदायिक भवन तथा खुला स्थानलाई व्यवस्थापन गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

जिल्लाका सबै पालिकामा पहिरो र केही पालिकाको नदी तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम छ । भूक्षयका दृष्टिकोणले ओखलढुंगा कोशी प्रदेशमै सबैभन्दा बढी जोखिमयुक्त जिल्ला हो । यहाँ बाढी पहिरोबाट बर्सेनि जनधनको क्षति हुँदै आएको छ ।