२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पदम गिरीको दाबी-‘मिसन ०८४ का लागि ओलीकै नेतृत्व आवश्यक’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरीले मिसन ०८४ को लक्ष्य पूरा गर्नका लागि पनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्व आवश्यक रहेको बताएका छन् ।

सोमबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्ने क्रममा गिरीले यस्तो बताएका हुन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा सक्रियता देखाएसँगै उब्जिएको बहसबारे आफ्नो धारणा राख्दै उनले सदस्यता नवीकरणको विषय प्राविधिक नभई राजनीतिक विषय भएको बताए ।

‘केपी ओलीले पार्टीलाई संकटपूर्ण अवस्थाबाट जोगाउँदै यहाँसम्म ल्याउनुभयो । ०७९ को निर्वाचनमा एमाले विरुद्ध महागठबन्धन नै बन्यो,’ गिरीले बैठकमा भने, ‘उहाँकै नेतृत्वमा लोकप्रिय मतको हिसाबले एमाले पहिलो पार्टी पनि बन्यो ।’

उनले समृद्धिको मुद्दामा ओलीको भिजनमै मुलुक अघि बढिरहेको समेत बैठकमा बोल्ने क्रममा बताए ।

‘समृद्धिको मुद्दामा ओलीकै भिजनमा मुलुक अघि बढिरहेको छ,’ गिरीले बैठकमा भने, ‘तसर्थ, मिसन ०८४ को लक्ष्य पूरा गर्न पनि ओली नै आजको आवश्यकता हो ।’

गिरीले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय प्राविधिक नभई राजनीतिक विषय भएको पनि बताए ।

‘पूर्व राष्ट्रपति राजनीतिमा फर्कँदा उक्त पदको गरिमा रहन्छ कि रहँदैन ? यस्तो निर्णयले गणतन्त्र, हाम्रो राजनीतिक प्रणाली र व्यवस्थालाई जनस्तरमा कस्तो असर गर्छ ? भन्ने कुराको पार्टीले राम्रो विश्लेषण गरे निष्कर्षमा पुग्नुपर्छ ।’